काठमाडाैं । युगवाणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा पुस ५ गते हुने भएको छ ।
युगवाणी सहकारी संस्थाको सञ्चालक समितिको २०८२ साल कार्तिक २९ गतेको बैठकको निर्णय अनुसार सो संस्थाको १६ औं वार्षिक साधारणसभा पुस ५ गतेका लागि तय गरिएको संस्थाका अध्यक्ष मोहन बहादुर बलामीले जानकारी दिएका छन् ।
युगवाणी सहकारी संस्थाको १६ औं साधारणसभामा आर्थिक वर्ष २०८१-२०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८२-२०८३ को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने तथा आ२०८१/२०८२ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८१-२०८२ को लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गर्ने तथा आर्थिक वर्ष २०८१-२०८२ मा समितिबाट भएका सम्पुर्ण निर्णयहरू अनुमोदन गर्ने बताइएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२-२०८३ को लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने,”प्रस्तावित लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण, विनियम संसोधन, कार्यविधि संसोधन तथा संस्थाको कार्यालय भवन निर्माणको विषयमा समेत छलफल गरि निर्णय गरिने संस्थाका सचिव श्रीभगत महर्जनले बताएका छन् ।
युगवाणी सहकारी संस्थाको १६ औं साधारणसभा यहि पौष ५ गते शनिबार बिहान १२:३० बजेदेखि चन्द्रागिरी – ७ स्थित ग्रीनल्याण्ड बैंक्वेटमा हुन लागेको छ भने उपस्थिति पुस्तिका बिहान ११ बजेदेखि राखिने जनाइएको छ ।