विज्ञापन
No data was found

'११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा चन्द्रागिरिको ब्राइट फ्युचर स्कुलका आयाम सापकोटा भए १६औं'

काठमाडाैं । ११ औं राष्ट्रिय स्क्र्याबल च्याम्पियसिपमा लिटिल फ्लावर स्कुल चितवनका अर्नव पाण्डे प्रथम भएका छन् ।

विज्ञापन

प्रतियोगितामा सहभागी ८९ जनालाई पछाडि पारेर प्रथम भएसँगै अर्नवले १५ हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

विज्ञापन

हेटौंडा-२ स्थित बालजागृति इङ्लिस माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रतियोगितामा नवलपरासीको सुनवल युनाइटेड स्कुलकी विनिता बर्मा द्वितीय र नवलपरासीकै विश्वज्योति सेकेण्डरी स्कूलका कृष्ण बास्तोला तृतीय भएका छन् । बर्मा र बास्तोलाले क्रमशः १३ हजार र ११ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगितामा बाराको सिमरा शुभारम्भ स्कूलका पर्वत केसीले चौथो हुँदै ९ हजार, सिमरा पब्लिक स्कूल बाराका प्रिन्स यादवले पाँचौ हुँदै ७ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा शीर्ष २५ जनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा छैंटौं स्थान हासिल गर्नेलाई ५ हजार, सातौंदेखि दशौं स्थान प्राप्त गर्नेलाई जनही ३ हजार रुपैयाँ र एघारौंदेखि पच्चीसौं स्थान प्राप्त गर्नेलाई जनही २ हजार रुपैैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । सो प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाबाट प्रतिनिधित्व गरेको ब्राइट फ्युचर स्कुलले १६ औं स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा सहभागी ९० जनामध्ये मकवानपुरबाट ९ जना सहभागी भएको आयोजकले जनाएको छ । बंशगोपाल मावि, जनप्रिय मावि, सुनगाभा अंग्रेजी मावि, युनाइटेड अंग्रेजी माविबाट १,१ जना र बालजागृति माविबाट ५ जना प्रतियोगितामा सहभागी भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट २५ जनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने भएकाले विजयी सहित २५ जनालाई पुरस्कार रकमको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

चन्द्रागिरिको ब्राइट फ्युचर स्कुलका आयाम सापकोटा १६औं स्थान हासिल गर्न सफल भएको छ । उनले ट्रफी, मेडल, प्रमाणपत्र र २ हजार नगर पुरस्कार प्राप्त गरेका छन् ।

कोठेपदजस्तै शब्दखेलको रुपमा परिचित रहेको यो खेल अमेरिकी इन्जिनियर अल्फ्रेड मोसेर बट्सले सन १९३८ मा लेक्सिको नामले विकास गरेका थिए । हाल स्क्र्याबल भनेर चिनिने यो खेल विश्वका १ सय २० देशमा २० भन्दा बढी भाषाहरुमा खेलिने गरिएको छ ।

नेपालमा स्क्र्याबल खेल प्रतियोगिताको रुपमा सन् २०१२ फेबु्रअरी २५ र २६ मा सम्पन्न भएको थियो । देशका विभिन्न ३० जिल्लामा स्क्र्याबल क्लबको जिल्ला संयोजकसहित सक्रिय रहेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त