विज्ञापन
No data was found

'चन्द्रागिरिमा छैठौं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको चौथो दिनसम्म १०२ पदकको लागि प्रतिस्पर्धा सम्पन्न'

काठमाडौं । चन्द्रागिरिमा छैटौं राष्ट्रपति शिल्ड खेलकुद प्रतियोगिताको चौथो दिनसम्म १९४ मध्ये १०२ पदकको लागि प्रतिस्पर्धा सम्पन्न भइसकेको छ ।

विज्ञापन

कुल ५७ स्वर्ण, ५७ रजत तथा ८० काष्य गरि जम्मा १९४ पदकमा प्रतिस्पर्धा हुनेछ । जसमा अहिलेसम्म स्वर्ण २७, रजत २६, काष्य ४९ गरि जम्मा १०२ पदकमा प्रतिस्पर्धा भइसकेको छ ।

विज्ञापन

चन्द्रागिरि नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भइरहेको प्रतियोगितामा नगरक्षेत्रका सामुदायिक विद्यालय तर्फका १९, संस्थागत विद्यालय तर्फका २५ तथा ३ वटा क्याम्पसले सहभागिता जनाइरहेका छन् ।

प्रतियोगितामा ४७ विद्यालयका २ हजार ७२ जना विद्यार्थी मध्ये ११४८ जना छात्र र ९२४ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स) कबड्डी खेल खेलका १७ वटा स्पर्धामा भाग लिइरहेका छन् ।

मंसिर २४ गते सम्पन्न हुने प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान गरिनेछ भने प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिनेछ ।

छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सान इन्टरनेशनल कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई विदाई

सरकारी कार्यालयमा ‘शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त