विज्ञापन
No data was found

'नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?'

राजनीतिमा नयाँ अनुहार र साहसको खोजी भइरहेका बेला मकवानपुर निर्वाचन क्षेत्र नं २ मा एक २५ वर्षीय युवाको चर्चा चुलिएको छ । उनी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रशान्त उप्रेती।

विज्ञापन

मध्यम वर्गीय परिवारमा २०५७ सालमा जन्मिएका उनी पर्यटन व्यवस्थापनमा स्नातक र ‘Educational Leadership’ मा स्नातकोत्तर अध्ययनरत छन्। उप्रेती केवल उमेरले युवा मात्र होइनन्, उनीसँग देशको नीतिगत तहमा हस्तक्षेप गर्न सक्ने परिपक्व एजेन्डाहरू समेत छन्।

विज्ञापन

मनहरीको मलिलो माटोमा हुर्किएका प्रशान्त पर्यटन उद्यमी समेत हुन्। उनी हाल मनहरीमै विद्यालय शिक्षा अध्यापनरत छन्। होटल र पर्यटन क्षेत्रको अनुभवले उद्यमशीलताका चुनौतीहरू बुझेका उप्रेतीले विकासका बहुआयामिक प्राथमिकताहरूलाई नीतिगत प्रक्रिया मार्फत कार्यान्वयन गर्ने अठोट लिएका छन् ।

नेपालको राजनीतिक परम्परा र प्रवृत्तिमा काम भन्दा पनि सत्ता जोगाउने खेलमा समय व्यतीत हुँदा संवैधानिक संस्थाहरू कमजोर बनेको साथै निर्माण भएका भौतिक संरचनाहरूलाई सही ढंगले सञ्चालन गर्ने र न्यायपूर्ण वितरणको प्रबन्ध नहुँदा अधिकारको वास्तविक निक्षेपण अझै बाँकी रहेको भन्ने मान्यता राख्ने उप्रेती युवा भएर पनि वैचारिक परिपक्वताले निखारिएका व्यक्ति हुन् ।

झन्झटिलो कानुनी प्रक्रिया हटाएर “Ease of Doing Business” सुनिश्चित गर्ने, निजी क्षेत्रको सशक्तिकरण गर्ने, तुलनात्मक लाभका क्षेत्रहरू पर्यटन तथा जलस्रोत मार्फत देशको अर्थतन्त्र समृद्ध बनाउने र स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने उनको मार्गचित्र छ। त्यस्तै, स्थानीय मुद्दा र जनउत्तरदायित्व नीति निर्माणका साथै किसानहरूले भोग्नुपरिरहेको समस्या, मकवानपुर क्षेत्रमा रहेको गरिबी, बढ्दो महंगी सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य तथा शिक्षामा सर्वसाधारणको पहुँच स्थापित गर्ने उप्रेतीको प्रतिबद्धता रहेको छ ।

जेन-जी आन्दोलन मार्फत प्रतिबिम्बित नयाँ पुस्ताको आकांक्षाहरूलाई सदनमा उठाउने र नीतिगत भ्रष्टाचारको विरुद्ध सुशासन कायम गर्ने प्रशान्त उप्रेतीको राजनीतिक लक्ष्य रहेकोे देखिन्छ ।

मकवानपुर क्षेत्र नं २ मा राजनीतिक दलका १६ र स्वतन्त्र ५ गरि कुल २१ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५६ हजार ८ सय ९९ जना मतदाता रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ