काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र हर्मुज जलसन्धि (स्ट्रेट अफ हर्मुज) पूर्ण रूपमा खुला गर्न कडा चेतावनी दिएका छन् । तोकिएको समयभित्र जलसन्धिमाथिको अवरोध नहटाए इरानका सम्पूर्ण विद्युत् गृह (पावर प्लान्ट) हरूमाथि आक्रमण गरी ध्वस्त पार्ने धम्की उनले दिएका हुन् ।
विज्ञापन
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कडा सन्देश जारी गर्दै ट्रम्पले इरानको ऊर्जा पूर्वाधारलाई मुख्य निशाना बनाउने स्पष्ट पारेका छन् ।
विज्ञापन