काठमाडौं । आइतबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९५१.५५ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से परिसूचक ६४.६७ अंकले बढेर २८७७.०२ बिन्दुमा बन्द भएकाे थियो ।
विज्ञापन
आज कारोबारमा आएका १८३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ कम्पनीको शेयरमूल्य घटेको छ ।
विज्ञापन
शेयर बजार बढेसँगै कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ । आज बजारमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।