काठमाडाैं । मेरिहोम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३ औं अभिभावक दिवस सम्पन्न गरिएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं १५ का अध्यक्ष घनश्याम लुइँटेलको प्रमुख आतिथ्यता तथा मेरिहोम मन्टेश्वरीको संस्थापक प्रधानाध्यापक सरिता देवकोटाको सभापतित्व भएको कार्यक्रममा मेरिहोम मन्टेश्वरीको प्रबन्ध निर्देशकद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो भने सहायक प्रधानाध्यापक श्रीमती शिला क्षेत्रीबाट अभिभावकहरू तथा सम्पूर्ण अतिथिहरूलाई स्वागत मन्तव्य राखिएको थियो ।
कार्यक्रममा बालबालिकाहरूको सर्वाङ्गीण विकासको लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरू देखाइएको थियो । कक्षा पिजीदेखि तिन कक्षासम्म सञ्चालित उक्त विद्यालयका २२५ जना बालबालिकाहरूले आफ्नो क्षमतालाई स्टेजमा आफ्नो अभिभावक अगाडि प्रस्तुत गरेका थिए ।
विभिन्न नृत्य, गीत, वाद्यवादन मादल, पियानो मार्फत सांगीतिक प्रस्तुती समावेश गरिएको अभिभावक दिवसमा विद्यार्थीहरूले कराँते, नाटक, तथा संक्षिप्त वक्तृत्वकला समेत प्रस्तुत गरेका थिए ।
अभिभावक दिवस कार्यक्रममा चन्द्रागिरि नगरपालिका शिक्षा शाखा प्रमुख बुद्धि प्रसाद भट्ट, १५ नं वडाका पूर्व अध्यक्ष एवम् इन्जिनियर उत्तम बहादुर राउत, प्राइम ईङ्ग्लिस स्कुलका प्रधानाध्यापक बाबू शरण महर्जन, भिराडिल योग साधना केन्द्रकी अध्यक्ष सृजना ज्ञवाली, सञ्चारकर्मी तथा अध्यापक श्रीराम पुडासैनी, चन्द्रागिरि साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्र कार्की, मुनाल क्लबका अध्यक्ष पुष्कर थापा लगायत विभिन्न विद्यालय प्रतिनिधि तथा स्थानीय बुद्धिजीवीहरूको विशेष आतिथ्यता रहेको थियोे ।