विज्ञापन

'मकवानपुरमा लागुऔषधसहित १३ जना पक्राउ'

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानमा सञ्चालन गरिएको चेकजाँच तथा खानतलासी अभियानका क्रममा प्रतिबन्धित लागुऔषधसहित १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

विज्ञापन

प्रहरीका अनुसार असार १४ गतेदेखि १७ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूमाथि जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो। पक्राउ परेकाहरूको साथबाट हेरोइनजस्तो देखिने पदार्थ ३५ ग्राम १० मिलिग्राम, चरेसजस्तो देखिने पदार्थ २६० मिलिग्राम, गाँजा २३ ग्राम २१० मिलिग्राम तथा ट्रामाडोलका २ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीले दिएको जानकारीअनुसार बारा, रौतहट, मकवानपुर र चितवनका विभिन्न स्थानका १३ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट छुट्टाछुट्टै परिमाणमा लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

पहिलो घटनामा तीन जनाको साथबाट हेरोइनजस्तो देखिने पदार्थ ३४ ग्राम ७९० मिलिग्राम बरामद गरिएको छ। दोस्रो घटनामा चार जनाको साथबाट गाँजा २१ ग्राम ३७० मिलिग्राम र ट्रामाडोल २ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी तेस्रो घटनामा चार जनाको साथबाट २२० मिलिग्राम हेरोइनजस्तो पदार्थ तथा चौथो घटनामा दुई जनाको साथबाट २६० मिलिग्राम चरेस र १ ग्राम ८४० मिलिग्राम गाँजा बरामद भएको उल्लेख गरिएको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुमीले जानकारी दिएका छन्।

प्रहरीले जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

थानकोट प्राथमिक अस्पतालमा निःशुल्क आँखा उपचार सेवा सञ्चालन हुँदै

दशरथ रंगशालामा पहिलो राष्ट्रिय फुल–कन्ट्याक्ट कराते प्रतियोगिता हुने

चन्द्रागिरिको न्यायिक समितिद्वारा विद्यालयमा न्यायिक सचेतनामूलक कक्षा सञ्चालन

किसान सूचीकरणका लागि धुनिवेशी नगरपालिकाले वडा-वडामा घुम्ती सेवा सञ्चालन गर्ने

चन्द्रागिरि नगरपालिकामा स्थानीय उत्पादन प्रदर्शनी तथा बिक्री मेला आयोजना हुने

मध्यपूर्वमा तनाव चरममा: इरानद्वारा कुवेत र बहराइनमा मिसाइल तथा ड्रोन आक्रमण

भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने यात्रुलाई ५०० रुपैयाँसम्म भन्सार छुट

राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशन सम्पन्न, गोपाल बराइली अध्यक्षमा निर्वाचित