विज्ञापन

'कांग्रेस १५औँ महाधिवेशन : काठमाडौं–१० को क्षेत्रीय अधिवेशन आज, विष्ट र कार्की आमनेसामने'

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आज हुँदैछ। क्षेत्रीय सभापति पदका लागि दिपेश विष्ट र हिमाल कार्कीबीच प्रतिस्पर्धा हुँदैछ।

विज्ञापन

काठमाडौं–१० को क्षेत्रीय सभापति चयनका लागि क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्। मतदान बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने र मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ। मतदानस्थल काठमाडौं महानगरपालिका–९, नगाउँस्थित बाग भैरव पार्टी प्यालेस तोकिएको छ।

विज्ञापन

सभापतिका उम्मेदवार दिपेश विष्ट विद्युतीय सुशासन आयोगका पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन तथा डिजिटल प्रणालीसँग सम्बन्धित काममा विष्टको संलग्नता रहेको छ।

हिमाल कार्की कांग्रेसको काठमाडौं–१० क्षेत्रसँग सम्बन्धित नेता हुन्। उनी २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–१० बाट कांग्रेसका उम्मेदवार बनेका थिए।

क्षेत्रीय अधिवेशनबाट काठमाडौं–१० को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। क्षेत्रीय प्रतिनिधिको मतदानबाट सभापतिसहित कार्यसमितिको निर्वाचन हुनेछ।

भारी वर्षाका कारण देशका केही क्षेत्रमा क्षेत्रीय अधिवेशन प्रभावित भएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रतिकूल अवस्था भएका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएको कार्यतालिकाअनुसार अधिवेशन सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ। क्षेत्रीय अधिवेशनबाट चयन हुने महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनमा सहभागी भएर पार्टीको आगामी नेतृत्व चयन प्रक्रियामा मतदान गर्नेछन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन भोलि, इतिहासकै धेरै प्रतिनिधि सहभागी हुने

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

चाडपर्वमा काठमाडौंमा ३५ सयभन्दा बढी प्रहरी परिचालन

चन्द्रागिरिबाट भन्सार छलीको सामान बरामद

निर्वाचन आयोगले देउवाको १५औँ महाधिवेशनसम्बन्धी पत्र अभिलेखमा राख्यो

कलंकी नापीका सर्भेक्षकसँग पौने ५ करोडको अवैध सम्पत्ति ! पत्नीसमेत अख्तियारको फन्दामा

कांग्रेस चन्द्रागिरिमा अधिवेशनपछि असन्तुष्टि चुलियो, वडा नं. १० का सचिवले दिए राजीनामा

चन्द्रागिरिमा रहेको न्यु डायमन्ड युवा स्पोर्ट्स क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिप खेल्ने