विज्ञापन

'किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली मनाइँदै'

काठमाडौं– आज उधौली पर्व देशभर मनाइँदैछ। प्रकृतिका किराँत समुदायको दोस्रो महत्वपूर्ण पर्व उधौली देशभर उत्साहका साथ मनाइँदैछ।

विज्ञापन

हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली पर्व मनाइन्छ। यस पर्वमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ।

किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली। खेती किसानीका आधारमा यी दुई समय बाँडिएको हो। वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ। खेती किसान गर्नका लागि मनाइने पर्व उभौली हो ।

बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ। बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खारपितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ।

उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ। उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ। त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ।

फाइल तस्बिर

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन