विज्ञापन

'वीरगन्जमा कर्फ्यु जारी, उल्लंघन गर्ने ९ जना पक्राउ'

विज्ञापन

दुई समुदायबिचको तनाव कारण वीरगन्ज महानगरपालिकामा सोमबारदेखि जारी कर्फ्यु आज पनि जारी छ । सर्वसाधारणको सुविधाका लागि आज बिहान ४ घण्टाका लागि खोलिएको कर्फ्यु पुनः जारी भएको हो ।

प्रशासनले एक सूचना जारी गर्दै बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाएको थियो । तर पुनः १० बजेदेखि भने कर्फ्यु यथावत् राखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

दोस्रो दिनको कर्फ्यु जारी भएपछि बजार पूर्णरुपमा ठप्प भएको छ । कर्फ्यु आदेश जारी भएपछि वीरगन्जको बजार सुनसान बनेको छ ।

मुख्य सडक तथा गल्लीमा रहेका सबै खाले पसलसमेत बन्द छन् । कर्फ्युका कारण वीरगन्ज महानगरभित्र साना तथा ठुला खाले सवारीसाधन बन्द छन् ।

महानगरमा लगाइएको कर्फ्युलाई पालना गराउन प्रहरीले आफ्नो सक्रियता बढाएको छ । मुख्य बजार तथा गल्लीहरुमा समेत प्रहरीले पेट्रोलिङ तथा गस्ती गरिरहेको पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाले जनाए ।

उनका अनुसार प्रहरीले मोबाइल गस्ती, पेट्रोलिङ तथा सादा पोसाकसहित व्यापक सङ्ख्यामा प्रहरी खटाइएको छ ।

उनका अनुसार दोस्रो दिनको कर्फ्युमा हरेक चोक चोकमा, मुख्य सडकमा तथा संवेदनशील ठाउँहरूमा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

शान्ति सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि हुन नदिने प्रहरीले पूरा सतर्कता अपनाएको प्रवक्ता थापाको भनाइ छ ।

प्रदर्शन गर्ने ९ जना पक्राउ

दोस्रो दिनको कर्फ्युमा उच्छृङ्खल गतिविधि गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

कर्फ्यु आदेशको पालना नगरी टायर बालेर प्रदर्शन तथा नाराबाजी गरेको भन्दै पर्सा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

महानगरमा कर्फ्यु जारी भएता पनि केही व्यक्तिहरूले त्यसको उल्लंघन गर्दै ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीका डिएसपी ध्रुवबहादुर श्रेष्ठले जनाए । उनका अनुसार चोक चोकमा लुकेर टायर बालेर प्रदर्शन गर्नेहरूलाई अहिले नियन्त्रणमा लिइएको हो ।

शान्ति सुरक्षा भङ्ग हुने अवस्था आएको भन्दै वीरगन्ज महानगरमा कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जनाए ।

उनका अनुसार सोमबार दिउँसो वीरगन्जमा दुइ समुदायबिच झडप हुने अवस्था देखिएपछि प्रशासनले कर्फ्यु लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले महानगरभित्र हिजो साँझ ५ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

सरकारले ल्याएको अध्यादेशमा के छन् नयाँ व्यवस्था ?

चन्द्रागिरिमा ‘क्रिकेट ट्रेनिङ’ हुँदै

माघ १५ सम्म माग पूरा नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि रविका समर्थकद्वारा अदालतमै हातपात

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा विशाल कार्यक्रम गर्ने

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

कीर्तिपुरमा प्रधानमन्त्री ओलीले भने : पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ

चन्द्रागिरिमा प्राविधिक शिक्षालय भवनको उपराष्ट्रपति यादवद्वारा उद्घाटन