जन्मने बितिक्कै चन्द्रागिरिका बालबालिकाले पाउँने भए पाँच हजार

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले २०८०/४/१ गते वा सो पछी जन्मिएका स्थायी बसोबास गर्ने नगरबासीहरुका सन्तानका लागि रु ५०००/- को मुद्दती खाता खोलिदिने भएको छ।

आज एक कार्यक्रमकाबीच चन्द्रागिरि नगरपालिका र एन आइ सि एसिया बैंक लि. का बीच नगरपालिकाको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौता अनुसार शुन्य मौज्दातमा खाता खोली अत्यधिक ब्याजदर उपलब्ध गरिने छ । चन्द्रागिरि नगरपालिका निजि उद्यम , प्रवर्द्धन, आर्थिक सहायता तथा अनुदान संचालन कार्यबिधि २०७८ अनुसार १८ बर्ष पुगे पश्चात आर्थिक सामाजिक सुरक्षाका लागि उक्त कार्यक्रम लागु गर्न लागिएको हो ।

नगरपालिकाको तर्फबाट चन्द्रागिरिका मेयर घनश्याम गिरी र बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले हस्ताक्षर पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरु १८ बर्ष पार गर्दैगर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय संचालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले सहयोग गर्ने बताए !

]

Scroll to Top