विज्ञापन
No data was found

'जरिवाना घटाउँदै सर्वोच्च अदालतद्वारा काँग्रेस नेता गोविन्दराज जोशी भ्रष्टाचारी ठहर'

श्रावण १३/काठमाडौँ

विज्ञापन

सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले उनले गरेको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो ।

विज्ञापन

 

सर्वोच्चले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो । सर्वोच्चले यो विवादमा २०८१ असार २० गते  दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।  पहिलो निसुमा फैसला नभएपछि आइतबारका लागि सरेको निसुमा सर्वोच्चले जोशीको भ्रष्टाचार मुद्दा टुङ्गाएको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो ।विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुनमा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी पुनरावेदन लिएर सर्वोच्च गएका थिए ।

 

सर्वोच्चले जरिवाना घटाउँदै जोशीको हकमा ६९ लाख १५ हजार जरिवाना र ९ महिना कैदको फैसला सुनाएको हो ।

 

 

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ