विज्ञापन
No data was found

'विद्युतको बक्यौता छुट नदिन सरकारलाई प्रचण्डको चेतावनी '

श्रावण २२/काठमाडौं

विज्ञापन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले विद्युतको बक्यौता छुट नदिन सरकारलाई चेतावनी दिएका छन।विराटनगर विमानस्थलमा सोमबार बेलुका सञ्चारकर्मीसँग कुरा गर्दै उनले सर्वसाधारण जनताले दुई महिना बिल नतिर्दा लाइन काटिने तर उद्योगीलाई अरबौ बिलको छुट दिने कुरा मान्न नसकिने बताएका हुन्।

विज्ञापन

 

पत्रकारले सोधेको फरक प्रश्नमा पूर्वप्रधानमन्त्री दाहालले भने, संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्ने समेत उनले बताए। अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न भने सकिने उनले प्रष्ट पारे।

 

उनले पूर्ण समानुपातिक प्रणाली नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार व्यक्त गरे।“पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ पर्छ भन्ने अहिले पनि कायम रहेको छ।”

 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष दाहालले प्रतिनिधिसभा र लेखासमितिमा यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रुपमा कुरा राखेको जानकारी दिए। लेखासमितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको उल्लेख गर्दै उनले माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिने बताए ।

 

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बिस्का जात्रा आजदेखि सुरु

पूर्व सभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नगरपालिकाका प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

वैशाख १५ बाट विद्यार्थी भर्ना, २१ गतेबाट पठनपाठन सुरु

प्रधानमन्त्री बालेनले गरे श्रममन्त्री साहलाई बर्खास्त

ब्राइट फ्युचर स्कुलकाे ३९ औं वार्षिकोत्सव : प्रसिद्ध साहित्यकारहरूदेखि चर्चित कलाकारहरूको सहभागिता रहने

ललितपुरको मंगलबजारमा भएको दुःखद छुरा प्रहार घटनामा संलग्न २ जना पक्राउ