कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री
प्रहरी दिवस, २०८१ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताउनुभएको छ । नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ […]
कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन […]
वीपी राजमार्ग बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने
काठमाडौं । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ। काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड वीपी राजमार्ग बेलुका ६ देखि […]
बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहेका छन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने […]
तिर्ने भाडा वर्षको ५१ हजार, उठाउने दिनकै लाख
सुरेन्द्र काफ्ले काठमाडौं : गौशाला चोकैमा १० रोपनी जग्गाको भाडा कति पर्ला ? महिनाकै लाखौं । तर, मारवाडी परिषद्ले वर्षको ५१ हजार रुपैयाँ तिर्छ । र, त्यसमा रहेको सटरैसटरको ठूलो भवनबाट दिनकै लाख रुपैयाँभन्दा बढी आर्जन गर्छ । मन्दिरलाई अरू दान गर्छन् । हामीकहाँ मन्दिरको सम्पत्ति भाँती पु¥याएर खाइन्छ । गौशाला धर्मशाला यसको उदाहरण हो । […]
‘हनी ट्रयाप’ प्रकरणमा इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं— ‘हनी ट्रयाप’ प्रकरणमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुर प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए । पक्राउ पुर्जी जारी भएसँगै शाहीलाई पक्राउ गर्ने तयारी प्रहरीको छ । उक्त प्रकरणमा एक जना सहायक हवलदारसहित चार जना पक्राउ परिसकेका छन् । हनी […]
प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युुताकाको शिष्टाचार भेट
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेट गर्नुुभएको छ । भेटका अवसरमा दुुई देशबीचको परम्परागत सम्बन्ध, दुुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका बाढी, […]
चित्लाङ्गको कार्तिक नाच भोलिदेखि सुरु
काठमाडौं । मकवानपुर चित्लाङ्गको कार्तिक नाच (कति:पुन्ही) नाच भोलिदेखि प्रदर्शन गरिने भएको छ । मकवानपुर जिल्ला थाहा नगरपालिका अन्तर्गत वडा नं ९ मा रहेकोे चित्लाङ्ग, माझ गाउँमा भोलि कार्तिक १ गतेदेखी ऐतिहासिक स्वच्छन्द भैरवजात्रा तथा परापूर्वकालदेखी प्रदर्शन गरिंदै आएको डबली नाच हुन लागेको स्वच्छन्द भैरव संस्कृति संरक्षण समितिका नरेश बलामीले जानकारी दिएका छन् । उक्त […]
बाढी, पहिरोपछिको पुनःनिर्माण र पुनःव्यवस्थापनका काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी, पहिरो र डुुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताउनुुभएको छ । प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय […]
देशभर डेङ्गी सङ्क्रमण फैलिँदै, १९ हजारभन्दा धेरै सङ्क्रमित
देशभर डेङ्गी सङ्क्रमण फैलिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १९ हजार नाघेको छ । डेङ्गी सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । काठमाण्डौमा तीन हजार एक सय तीन, कास्कीमा दुई हजार आठ सय ४७, तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा […]
दुर्गा भवानीको प्रतिमा आज विसर्जन गरिंदै
चन्द्रागिरी ७ घुमाउनेमा विजया दशमीको घटस्थापनादेखि स्थापना गरिएको दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन गरिँदैछ । वनदेवी सामुदायिक भवन संरक्षण समितिको आयोजनामा घटस्थापनाको दिनदेखि चन्द्रागिरि ७ घुमाउनेमा स्थापना गरिएको नव दुर्गाको नौ दिनसम्म विशेष पूजापाठ गरी दसैँको भोलिपल्ट अर्थात आज सेलाइने परम्परा रहेको संयोजक श्याम कुमार केसीले बताए । उनका अनुसार नौ दिनसम्म दुर्गा सप्तसतीको […]
यो बर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन
आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार […]