विज्ञापन
No data was found

'वीपी राजमार्ग बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने'

काठमाडौं । गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ।

विज्ञापन

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड वीपी राजमार्ग बेलुका ६ देखि बिहान ४ बजेसम्म बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

विज्ञापन

कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ। चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक विभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैंको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌