विज्ञापन
No data was found

'चित्लाङ्गको कार्तिक नाच भोलिदेखि सुरु'

काठमाडौं । मकवानपुर चित्लाङ्गको कार्तिक नाच (कति:पुन्ही) नाच भोलिदेखि प्रदर्शन गरिने भएको छ ।

विज्ञापन

मकवानपुर जिल्ला थाहा नगरपालिका अन्तर्गत वडा नं ९ मा रहेकोे चित्लाङ्ग, माझ गाउँमा भोलि कार्तिक १ गतेदेखी ऐतिहासिक स्वच्छन्द भैरवजात्रा तथा परापूर्वकालदेखी प्रदर्शन गरिंदै आएको डबली नाच हुन लागेको स्वच्छन्द भैरव संस्कृति संरक्षण समितिका नरेश बलामीले जानकारी दिएका छन् ।

विज्ञापन

उक्त डबली नाचमा परम्परागत रूपमा मनाउँदै आएको गणेश, भैरव, बाराही, कुमारी, महाँलक्ष्मी देवी नाच, लाखे, ख्याक, कवे, बाथ:, बनियाँ, शिकारी, सँर:, नागा, महादेव नाचका साथै पौराणिक कथामा आधारित “गुलबकावली” को नाट्य प्रस्तुति समेत प्रदर्शन गरिने माझ गाउँका राजन बलामीले बताए ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोट (शोणितपुर)सँग सीमाना जोडिएको चित्लाङ्गको प्राचीन तथा साँस्कृतिक महत्व विशिष्ट रहँदै आएको छ ।

पौराणिक कालमा “चित्रापुर” नाउँले समेत प्रसिद्ध चित्लाङ्गमा हुन गइरहेको कार्तिक नाच ३ दिनसम्म चल्नेछ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌