सत्तारुढ कांग्रेस र एमालेले बनाए तीनै तहमा सहकार्य संयन्त्र

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएका छन् । सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले ८ सदस्यीय संयन्त्र बनाएका हुन् । संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश […]

महिला यु–१९ विश्वकप एसिया छनोट : नेपालले थाइल्यान्डलाई ६७ रनले हरायो

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई हराउँदै प्रतियोगतामा सुखद सुरुआत गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रंगशालामा बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । नेपालले प्रस्तुत गरेको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा […]

स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेसबाट ११ जनाकाे नाम सिफारिस

काठमाडाैं । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ । नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । दोश्राे नम्बरमा बद्रिलाल महर्जन, तेश्राे नम्बरमा हिमाल कार्की, चौथोमा जमुना नकर्मी, पाँचौँ नम्बरमा संगित बोगटीको नाम पठाइएको छ […]

डेङ्‌गीबाट बच्ने उत्तम उपाय

संक्रमण फैलाउने लामखुट्टेको वासस्थान नष्ट गर्नु डेङ्गीबाट बच्ने उत्तम उपाय हो । यससँगै हातखुट्टा ढाक्ने कपडा लगाउनुपर्छ । लामखुट्टेको टोकाईबाट बच्ने उपाय अवलम्बन गर्नुपर्छ । डेङ्गी के हो ? डेङ्गी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोकेपछि मानिसमा हुने संक्रमण डेङ्गी हो । यो रोग एक मानिसबाट अर्को मानिसमा आँफै सर्दैन । यद्यपि, संक्रमित व्यक्तिलाई टोकेको […]

चाँदीका नक्कली नोटसहित इन्द्र ज्वेलर्सका सञ्चालक पक्राउ

काठमाडौं ।  भक्तपुरको इन्द्र ज्वेलर्सका सञ्चालक सोहिल शाक्यलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले शाक्यलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित उनकै पसलबाट मंगलबार पक्राउ गरेको हो । भक्तपुर नगरपालिका–७ घर भएका ३० वर्षीय शाक्यबाट १ हजार र ५ सय दरका नोट जस्तो देखिने चाँदीका नक्कली नोटहरु बरामद गरिएको सीआईबीका […]

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं : डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । बुहमत सिट (२७०)भन्दा बढी सिट जित्दै ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनअघि प्रतिद्वन्द्वी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँग कडा प्रतिस्पर्धा हुने भनिए पनि ट्रम्पले सहज जित हासिल गरेका छन्। पछिल्लो मतपरिणामअनुसार ट्रम्पले २७७ सिट सुनिश्चित गर्दा कमला २२४ सिट जितेकी छन्। […]

अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्न नपर्ने

अब बैंक तथा वित्तीय संस्थामा केवाईसी फारम भर्न नपर्ने भएको छ । तपाईं हामीले बैंकमा खाता खोल्न जाँदा हरेक पल्ट व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि त्यसो गर्नु नपर्ने भएको छ । नेपाल सरकारले गत साता जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्दा र अन्य विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी […]

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ। बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् र बिहीबार सूर्यलाई सन्ध्याकालीन र शुक्रबार प्रातःकालीन अघ्र्यपछि पारन हुन्छ। यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठको पनि औपचारिक समापन हुन्छ। यस पटक मात्र होइन, छठ पर्वका क्रममा प्रत्येक […]