विज्ञापन
No data was found

'अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा केवाईसी विवरण भर्न नपर्ने'

अब बैंक तथा वित्तीय संस्थामा केवाईसी फारम भर्न नपर्ने भएको छ ।

विज्ञापन

तपाईं हामीले बैंकमा खाता खोल्न जाँदा हरेक पल्ट व्यक्तिगत र पारिवारिक विवरण भर्नुपर्ने स्थिति रहेकामा अबदेखि त्यसो गर्नु नपर्ने भएको छ ।

विज्ञापन

नेपाल सरकारले गत साता जारी गरेको सम्पत्ति शुद्धिकरण निवारण नियमावलीमा खाता खोल्दा र अन्य विभिन्न गतिविधि गर्दा राष्ट्रिय परिचयपत्रको विवरणअनुसार जानकारी लिन सक्ने व्यवस्था गरेसँगै अनिवार्य केवाईसी भर्नुपर्ने बाध्यात्मक प्रावधानको अन्त्य भएको छ ।

नेपाल सरकारले जारी गरेको पछिल्लो नियमावलीको नियम ३ मा सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ७ क बमोजिम सूचक संस्थाले ग्राहकको पहिचान गर्दा नेपाल सरकारको विद्युतीय अभिलेखमा राखेको व्यक्तिगत विवरण आफ्नो आन्तरिक प्रणालीमा लिइ ग्राहक पहिचान गर्न सक्ने उल्लेख गरेको छ ।

उक्त ऐनको दफा ७ क मा उल्लेख गरिएको नियमावली अनुसार अब ग्राहकहरूले हरेकपल्ट केवाईसी भरिराख्नु नपर्ने भएको हो ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌