स्ववियु निर्वाचन : अस्कलमा अनेरास्ववियुले फर्कायो विरासत, प्यानलनै विजयी

काठमाडौ । अमृत साइन्स क्याम्पस (अस्कल) क्याम्पसमा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा जित हासिल गरेको छ । आइतबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुले प्यानलसहित आफ्नो विरासत पुनः फर्काएको हो । त्यसो त यसअघि अघिल्लो निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियुमा जितेको थियो । तर सभापतिमा अनेरास्ववियुबाट रुद्रहरी पोखरेलले ६८९ मतसहित सभापतिमा प्यानलसहित निर्वाचित भएका हुन् । यता नेविसंघबाट सभापतिको […]
बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, स्थानीयले जलाए चौकी र गाडी

बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ। विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए। वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए। घटनापछि बेतहनी […]
त्रिविका उपप्राध्यापकमाथि कुटपिट गर्ने रावल कारागार चलान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले योगेन्द्र रावललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको एसपी सुधिरराज शाहीले बताए । उनलाई पक्राउ गरेलगत्तै अदालत हाजिर गरेर डिल्लीबजार कारागार चलान गरिएको छ । चलाउनेमाथि आक्रमण गर्नेहरुमाथि जिल्ला अदालतले गरेको २ वर्ष कैद सजायको […]
चन्द्रागिरिमा प्रमुख प्रशासकीय अधिकृतमा थापा मगर सोमबारबाट हाजिर हुने

काठमाडौं । चन्द्रागिरि नगरपालीकामा प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र थापा मगरलाई स्वागत गर्ने तयारी भएको छ । चन्द्रागिरि नगरमा आठौं प्रशासकीय अधिकृतका रुपमा उनी सोमबारबाट हाजिर हुन लागेका हुन् । धनकुटाका थापा मगर यसअघि नागार्जुन र धुलिखेल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । यसअघि फागुन १ मा संघीय मामिला मन्त्रालयले उपसचिव भुवनेश्वर […]
ज्ञानेन्द्र संवैधानिक राजा हुन लायक छैनन्, पार्टी खोलेर राजनीतिमा आउन् : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापित एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् । आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् । सभापति देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शाहलाई […]
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाइ राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पुर्याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताएका छन् । आइतबार नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ मा सम्पदाति प्रमुख कार्यहरु समेटी तयार पारिएको सरकारको ९ औं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश […]
काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन वडाअध्यक्षहरूको माग

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् । आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्ष सहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाहीको प्रक्रियाको माग […]
विश्व पानी दिवसको अवसरमा शुद्ध पानी व्यवस्थापन विषयक छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । विश्व पानी दिवस २०२५ तथा पानी प्रशोधन व्यवसायी सङ्घ नेपालको सातौँ स्थापना दिवसको अवसर पारी काठमाडौँमा नीजि क्षेत्रद्वारा शुद्ध पानीको दिगो व्यवस्थापन विषयक प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वातावरण विज्ञान विभागका प्रमुख प्रा. डा. उद्धवराज खड्काले ‘पानीमा हुने अशुद्धता र यसको वैज्ञानिक समाधान’ विषयमा […]
उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीयहरूद्वारा थानकोट प्रहरी वृत्त घेराउ

काठमाडौं । सामाजिक गतिविधिमा सकृय उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीयहरूले थानकोट प्रहरी वृत्तको कार्यालय घेराउ गरेका छन् । प्लेकार्ड बोकेका स्थानीयहरूले चन्द्रागिरि नगरपालिका वडा नं का बासिन्दा उत्तम कार्कीमाथी अन्याय भएको भन्दै नाराबाजी समेत लगाएका छन् । एक महिलाले बारम्बार मानसिक तनाव दिने गरेको साथै गलत लाञ्छना लगाई आफुलाई पटकपटक सन्दिप लामिछानेलाई जस्तै फसाई […]
१७औं धर्मश्रीको उपाधि उमेश राईलाई

काठमाडौं । गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाण्डौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर […]
प्रचण्डको उद्घोष- सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन् । जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत आयोजित जागरणसभामा उनले भने ‘विसं २०८४ को निर्वाचनमा माओवादीहरु र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ ।’ उनले अब माओवादी २०६४ सालमा हासिल […]
एमसीसी कार्यक्रम अगाडि बढाउन अमेरिकाले दियो अनुमति

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्यलाई निरन्तरता दिन अनुमति दिएको छ । अहिले अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति दिएको एमसिए नेपालले जनाएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यमा खरिद कार्यहरू र कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्य रहेको एमसिए […]