विज्ञापन
No data was found

'स्ववियु निर्वाचन : अस्कलमा अनेरास्ववियुले फर्कायो विरासत, प्यानलनै विजयी'

काठमाडौ । अमृत साइन्स क्याम्पस (अस्कल) क्याम्पसमा एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा जित हासिल गरेको छ ।

विज्ञापन

आइतबार सम्पन्न निर्वाचनमा अनेरास्ववियुले प्यानलसहित आफ्नो विरासत पुनः फर्काएको हो ।

विज्ञापन

त्यसो त यसअघि अघिल्लो निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीले स्ववियुमा जितेको थियो । तर सभापतिमा अनेरास्ववियुबाट रुद्रहरी पोखरेलले ६८९ मतसहित सभापतिमा प्यानलसहित निर्वाचित भएका हुन् ।
यता नेविसंघबाट सभापतिको उम्मेदवार बनेका राजु् लामिछाने (राजु मास्टर) ले १५७ मत प्राप्त गरेका छन् भने अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार विश्रान्त शर्माले ३६३ मत प्राप्त गरे ।

सुरुवातदेखि नै अनेरास्ववियुको विरासत रहेको अस्कलमा २०५३ सालमा भने हालका स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलले स्ववियु सभापतिमा निर्वाचन जितेका थिए ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌