विज्ञापन
No data was found

'विश्व पानी दिवसको अवसरमा शुद्ध पानी व्यवस्थापन विषयक छलफल कार्यक्रम सम्पन्न'

काठमाडौं  । विश्व पानी दिवस २०२५ तथा पानी प्रशोधन व्यवसायी सङ्घ नेपालको सातौँ स्थापना दिवसको अवसर पारी काठमाडौँमा नीजि क्षेत्रद्वारा शुद्ध पानीको दिगो व्यवस्थापन विषयक प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय, केन्द्रीय वातावरण विज्ञान विभागका प्रमुख प्रा. डा. उद्धवराज खड्काले ‘पानीमा हुने अशुद्धता र यसको वैज्ञानिक समाधान’ विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।
पानी प्रशोधन व्यवसायी सङ्घ नेपालका अध्यक्ष विराज आचार्यको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा पानी प्रशोधन व्यवसायी सङ्घका सदस्य प्रकाश शर्मा, उद्यमी एस.एन. कर्ण, सुदीप डङ्गोलका साथै पानी प्रशोधन व्यवसायी सङ्घ नेपालका सदस्य, प्रविधि विज्ञका साथै सरोकारवालाहरूको सक्रिय सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले पानीको गुणस्तरलाई अझ बढी प्रभावकारी बनाउन निजी क्षेत्रको प्राविधिक तथा व्यवस्थापकीय सहयोगको अपरिहार्यता औँल्याए ।

विज्ञापन

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌