विज्ञापन
No data was found

'उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीयहरूद्वारा थानकोट प्रहरी वृत्त घेराउ'

काठमाडौं  । सामाजिक गतिविधिमा सकृय उत्तम कार्कीलाई न्याय दे भन्दै स्थानीयहरूले थानकोट प्रहरी वृत्तको कार्यालय घेराउ गरेका छन् ।

विज्ञापन

प्लेकार्ड बोकेका स्थानीयहरूले चन्द्रागिरि नगरपालिका वडा नं का बासिन्दा उत्तम कार्कीमाथी अन्याय भएको भन्दै नाराबाजी समेत लगाएका छन् । एक महिलाले बारम्बार मानसिक तनाव दिने गरेको साथै गलत लाञ्छना लगाई आफुलाई पटकपटक सन्दिप लामिछानेलाई जस्तै फसाई दिन्छु भन्दै धम्कि दिने गरेको र अनावश्यक मुद्दा मामिलामा फसाएको र कुनैपनि निकायले आफ्नो गुनासो नसुनेको भन्दै आफ्नै शरिरमा पेट्राेल छर्किएर आत्मादह गर्ने प्रयास गरेका उत्तम कार्कीले सामाजिक संजालमार्फत केही व्यक्तिहरूको नामनै किटानी गरेका थिए । साथै, यसकाे मुख्य कारण प्रहरी प्रशासन रहेकोे कार्कीकाे गुनासाे थियो ।

विज्ञापन

आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहा गर्न खोजेका कार्कीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेकोे छ भने उनलाई यो अवस्थामा पुर्‍याउने महिला विरुद्ध उजुरी गर्दा प्रहरीले लिन नमानेको र लिखित जाहेरी दिएपनि थानकोट प्रहरी वृत्तले र काठमाडौं परिसरले बेवास्ता गरेको भन्दै उनको परिवार र स्थानीयले आक्रोश पोखेका छन् ।

पीडित कार्कीको परिवारले आत्मदाह गर्न बाध्य पार्ने महिलालाई अनुसन्धान नगरीकन उल्टै प्रसय दिएको साथै यस प्रकरणमा प्रहरीको नै मिलेमतो रहेकोे आरोप लगाएका छन् । आज उजुरी दर्ता किन गरिएन भन्ने जवाफ माग्न थानकाेट प्रहरी वृत्त पुगेका पीडित परिवार र स्थानीयहरूलाई प्रहरी वृत्त थानकोटले प्रहरी कार्यालयमा छिर्न समेत नदिएको बताएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌