चन्द्रागिरि नगरपालिका वडा नं ४ मा तरुण दलको अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दलको चन्द्रागिरि नगरपालिका वडा नं ४ को अधिवेशन सम्पन्न भएको छ । थानकोटको चन्द्रागिरि बजारमा सम्पन्न वडा अधिवेशनले सुरेन्द्र गोपालीलाई वडा नं ४ को तरुण दलको अध्यक्षमा चयन गरेको छ । नेपाली काङ्ग्रेसका नेता धर्मानन्द श्रेष्ठ, युनारायण श्रेष्ठ, काठमाडौं क्षेत्र नं १० तरुण दलका अध्यक्ष ईश्वर लामा, […]
इन्द्रस्थान, दहचोक (शक्रसोपान पर्वत) मा हुने इन्द्रजात्राको विशेषता

दहचोक डाँडाको प्राचीन नाम शक्रसोपान पर्वत हो। शक्र (अर्थात् हालको बल्खु खोलाको शिर) देखि यो पर्वत उत्तरतर्फ चुलिँदै गएर इन्द्रदहको शीर्षमा सकिन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका आक्रमण गर्दा बनाएका किल्लाका भग्नावशेष अहिले पनि त्यहाँ देखिन्छन् । उनका साथमा आएका मगरजातिलाई पछि त्यहीँ बसोवास गराए । मगरजाति नै पुजारी रहने परम्परा बसाई त्यहीं मनकामनाको मन्दिर […]
नेपाल र बंगलादेशबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल हुँदैछ। आज हुने खेल साँझ ५:३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। फिफा विन्डो अन्तर्गत आयोजना हुने दुई मैत्रीपूर्ण खेलमध्ये आज पहिलो खेल हुनेछ भने दोस्रो खेल भदौ २३ गते (सेप्टेम्बर ९) हुनेछ। नेपालको सिनियर टोलीले करिब दुई […]
काठमाडौं उपत्यकाका आज धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं : इन्द्रजात्राकाे मुख्य दिन आज काठमाडौं उपत्यकाका वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र […]