विज्ञापन

'चन्द्रागिरि नगरपालिका वडा नं ४ मा तरुण दलको अधिवेशन सम्पन्न'

काठमाडौँ । नेपाली काङ्ग्रेसको युवा संगठन नेपाल तरुण दलको चन्द्रागिरि नगरपालिका वडा नं ४ को अधिवेशन सम्पन्न भएको छ ।

विज्ञापन

थानकोटको चन्द्रागिरि बजारमा सम्पन्न वडा अधिवेशनले सुरेन्द्र गोपालीलाई वडा नं ४ को तरुण दलको अध्यक्षमा चयन गरेको छ ।

विज्ञापन

नेपाली काङ्ग्रेसका नेता धर्मानन्द श्रेष्ठ, युनारायण श्रेष्ठ, काठमाडौं क्षेत्र नं १० तरुण दलका अध्यक्ष ईश्वर लामा, वडा नं ४ का वडा सदस्यहरू कृष्ण कुमारी गोपाली, पृथ्वी बहादुर लामा लगायतको उपस्थितिमा भएको अधिवेशनले उपाध्यक्षमा विक्रल श्रेष्ठ, सचिवमा नरेन्द्र लामा तथा सुमित्रा लामा र कोषाध्यक्षमा रुविना लामालाई सर्वसम्मत चयन गरेको हो ।

नगर अधिवेशनको तयारीमा जुटेको तरुण दलले भटाभट वडा अधिवेशनहरू सम्पन्न गर्दै गरेको अवस्थामा वडा नं ४ को समेत अधिवेशन सम्पन्न गरिएको र हाल प्रमुख पदाधिकारीहरूको टुंगो लगाएको र थप कार्यसमिति सदस्य विस्तार गर्न नवगठित समितिलाई नै जिम्मेवारी दिइएको नेपाली काङ्ग्रेस वडा नं ४ का पार्टी सभापति प्रचण्डमान गोपालीले शोणितपुर खबरलाई जानकारी दिएका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

परीक्षाअगावै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला आफैँले सञ्चालन गर्ने

कृषिमन्त्रीको निर्देशन- ‘डिडिसी’बाट सित्तैमा दूध-घिउ खाने व्यवस्था तत्काल रोक्नू

यस्तो रह्यो चन्द्रागिरिका सामुदायिक विद्यालयको एसईई नतिजा : कंकाली माविका आभाष सुवेदीले ल्याए ४ जिपिए

नैकापस्थित ब्राइट फ्यूचरका १४७ परीक्षार्थीमध्ये ६ जनालाई ४ जीपीएसहित शतप्रतिशत उत्तिर्ण

‘मोबाइल’को निउँमा भनाभन हुँदा युवकको हत्या

काठमाडौँबाट हेटौँडा जाँदै गरेको गाडी दक्षिणकालीमा दुर्घटना, ९ जना भारतीय घाइते

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई