विज्ञापन

'इन्द्रस्थान, दहचोक (शक्रसोपान पर्वत) मा हुने इन्द्रजात्राको विशेषता'

दहचोक डाँडाको प्राचीन नाम शक्रसोपान पर्वत हो। शक्र (अर्थात् हालको बल्खु खोलाको शिर) देखि यो पर्वत उत्तरतर्फ चुलिँदै गएर इन्द्रदहको शीर्षमा सकिन्छ ।

विज्ञापन

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका आक्रमण गर्दा बनाएका किल्लाका भग्नावशेष अहिले पनि त्यहाँ देखिन्छन् । उनका साथमा आएका मगरजातिलाई पछि त्यहीँ बसोवास गराए । मगरजाति नै पुजारी रहने परम्परा बसाई त्यहीं मनकामनाको मन्दिर स्थापना गरे। कीर्तिपुरसँगको लडाइँमा कालुपाँडे मारिए । प्राण जानुअघि उनले, मेरो शरीरलाई गोर्खा देखिने ठाउँमा समाधिस्थ गरिदिनू । भने। अहिले त्यहाँ कालु पाँडेको समाधिस्थल नजिकै मनकामनाको मन्दिर छ ।

विज्ञापन

नेपाल महात्म्यमा थानकोट राज्य वाणासुरको भएको कुरा उल्लेख छ । वाणासुरकी छोरी उषाको कृष्णका नाति अनिरुद्धसँग सपनामा प्रेम भएको प्रसङ्ग छ । अनिरुद्ध प्रेमिका भेट्न यहाँ आएको, वाणासुरले उनलाई बन्दी बनाएको । पछि कृष्ण मथुराबाट आई वाणासुरलाई मारेको लगायत प्रसङ्ग तथा थानकोट क्षेत्रको प्राचीन नाउँ शोणितपुर रहेको इतिहास छ ।

आफ्ना साथमा आएका गोपाल जातिलाई त्यहाँको राज्य दिएर कृष्णले अनिरुद्ध र उषालाई मथुरा लिए फर्केको कथा त्यसमा छ । थानकोटमा गोपाली (यादवहरू) ले राज्य गर्नु भनेर यतै छाडिगएको हुनाले गोपालीहरूको घना बस्ती अद्यावधि थानकोटमा छँदैछ !

त्यस्तै, नेपाल महात्म्यमा- “इन्द्रेश्वरं प्रतिष्ठाप्य शक्रनद्या शुभे तटे
चकार भगवाग्निन्द्रो यत्र यज्ञं मनोहरम् ।” लेखिएको पाईन्छ । शक्रनदी अर्थात् बल्खुको शिरमा इन्द्रेश्वरको पीठ स्थापना गरी ईन्द्रले ठूलो यज्ञ गरेको र श्राप मुक्त भएको मान्यता छ ।

पौराणिक कथन अनुसार गौतम ऋषिले ईन्द्रलाई श्राप दिएका थिए । श्राप अनुसार शरीरभरि हजार योनि उत्पन्न भएर ईन्द्रको शरीर योनिमय बन्यो । त्यो श्रापबाट मुक्ति पाउन उनी ब्रम्हाको शरणमा गए। ब्रह्माले, तिमी त्यो ठाउँ (दहचोकको शीर्ष) मा १००० दिन तपस्या गरेर बस । प्रत्येक दिन तलको शक्रनदीमा स्नान गर। स्नानपछि एक-एक योनि नष्ट हुनेछन् भनी सुझाव दिएछन् । सोही अनुसार ईन्द्रले प्रत्येक दिन शक्रनदीमा स्नान गर्ने र शक्रनदीको जल शक्रसोपान पर्वतको शीर्षमा रहेको स्थलमा चढाएर हरेकदिन एक योनि मोचन हुँदै हजारदिन पश्चात् उनी श्राप मुक्त भएर स्वर्ग प्रस्थान गरेको स्थानलाई नै हाल ईन्द्रस्थान, दहचोक भनिएको हो । त्यसै क्रममा ईन्द्रले स्नान गरेको शक्रनदीको किनारमा यज्ञ गरी ईन्द्रेश्वरधाम स्थापना गरेको भनिन्छ ।

ईन्द्रदहमा नारायण, वासुकि र ईन्द्रको मन्दिर छ । बीचभागमा पोखरी छ । त्यही पोखरीमा प्रत्येक ईन्द्रजात्राको अघिल्लो दिन साँझ दिवंगत पितृको मुक्तिका लागि सद्बिज छर्ने, बत्ती बाल्ने, जाग्राम बस्ने र बिहान स्नान गरी मेला भर्ने चलन यद्यपि चलेकै छ ।

थानकोटदेखि शक्रनदीको शिर झन्डै तीन किलोमिटरको दूरीमा पर्दछ । बाटो उकालो र जङ्गल छ । ( हाल ईन्द्रस्थान, दहचोकसम्म पुग्न विभिन्न पक्की सडक विकास भैसकेको छ ।) त्यो दूरी दैनिक ईन्द्रले १००० दिन हिँडेका र बाटोमा सिँडी खनाएका थिए । सोपान पर्वत (भऱ्याङडाँडा) यसको प्राचीन नाम हो भन्ने कुरा कर्मकाण्डी ब्राह्मणले त्यो क्षेत्रमा सङ्कल्प गराउँदा, “शक्र सोपान पर्वतैक देशे” भन्ने वाक्यांश जोडेका हुन्छन् ।

यही भन्ऱ्याङबाटोको मध्यभागमा घाँटी परेको ठाउँ छ । त्यसको स्थानीय नाम सगरदेव (शक्रदेवको अपभ्रंश) चलेको छ । त्यहाँ शक्रदेवको शिलामूर्ति थियो ।

त्यस्तै, इन्द्रदह सम्बन्धी अर्को एउटा किंंवदन्ती जोडिएको पाइन्छ । एकपटक इन्द्रकी आमा बसुन्धारालाई व्रत बस्न पारिजातको फूल चाहिएको थियो । तर, पारिजातको फूल स्वर्गमा थिएन । आमालाई फूल आवश्यक परेको कुरा इन्द्रले थाहा पाएर पारिजातको फूल ल्याउँन इन्द्र पाताल अर्थात पृथ्वी आएछन् ।

पातालको कान्तिपुर आएर पारिजातको फूल खोज्ने क्रममा इन्द्रले एउटा किसानको बारीमा पारिजातको फूल देखेछन् । र भटाभट फूल टिप्न थालेछन् केही नभनी आफनो बारीमा फूल टिप्दै गरेको मानिस (इन्द्र) देखेपछि चोर ठानी किसानले लिंगोमा बाँधेर राखेछन् । ति किसान तान्त्रिक रहेछन् ।

उता इन्द्रको आमालाई फूल लिन गएको छोरा धेरैदिन फर्किएर नआउँदा पिर पर्न थालेछ र उनी आफै ‘दागीं’ को भेषमा येँया पुन्हीका दिन पातालमा छोरा खोज्दै खोज्दै हिँड्दा कान्तिपुरमा बाँधेर राखेको भेटृाएछिन् । ईन्द्रकी आमाले आफू स्वर्गका राजा इन्द्रकी आमा भएको र इन्द्रलाई छाड्न अनुरोध गर्दा त्यहाँका मानिसले हामी पनि स्वर्ग जान पाउनु पर्छ, र हाम्रो खेतको धान पकाउन कुहिरो ल्याइदिनु पर्छ भनेर सर्त राखेपछी इन्द्रकी आमाले उनीहरूका शर्त मान्ने वाचा गरिछिन् ।

त्यसपछि छोरो इन्द्रलाई लिएर स्वर्ग जान हिँड्दै हिँड्दै दहचोकको डाँडामा रहेको दहसम्म आइपुग्दा पनि ती मानिसहरू उनको पछि पछि लागेको देखेर इन्द्रकी आमा बसुन्धरालाई पर्यो फसाद । जिउँदा मानिसलाई स्वर्गलाने कुरा भएन । के गर्ने भनेर उनले स्वर्गजान त यो दहमा नुहाउनु पर्छ भनि त्यहाँ कुहिरो उत्पन्न गराई कसैले कसैलाई नदेख्ने भएपछि उनीहरू ( इन्द्रकी आमा र इन्द्र) स्वर्ग अर्थात इन्द्रलोकतिर लागेको र पछि त्यही दहलाई “इन्द्रदह” भन्न थालिएको मान्यता रहिआएको छ ।

स्रोत : साहित्यकार भुवनहरि सिग्देलको (साँखेजुङको उकालो) र इन्द्रजात्रा सम्बन्धी सन्दर्भबाट

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम