विज्ञापन

'काठमाडौं उपत्यकाका आज धुमधामका साथ इन्द्रजात्रा पर्व मनाइँदै'

काठमाडौं :  इन्द्रजात्राकाे मुख्य दिन आज काठमाडौं उपत्यकाका वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

विज्ञापन

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ।

विज्ञापन

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिन मनाउने परम्परा छ।

चतुर्दशीका दिन राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा कुमारीका साथै श्रीगणेश र श्रीभैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट रथयात्रा अवलोकन गर्ने परम्परा थियो।

द्वादशीका दिन इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको मानिने जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान छ। ‘भरणी नक्षत्रको रातमा लडाउने शास्त्रीय व्यवस्था छ, ‘भरण्यां निशि पातयेत्’ भनी उल्लेख गरिएको छ’, धर्मशास्त्रविद् तोयराज नेपाल भन्छन्।

उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा आज रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका भोलि मेला भर्ने परम्परा छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिताको उपाधी विल्सन एकेडेमीलाई

थानकोट बस्ने ११ वर्षीय समीर कडायत सम्पर्क विहिन

काठमाडौं शिक्षा क्याम्पसले ३५ औं स्थापना दिवस मनाउँदै : मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा उट्घाटन

अब ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी नियन्त्रणमा लिन नपाउने

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

शंखमुल र बुद्धनगर क्षेत्रका अनधिकृत संरचनामाथि चलायो डोजर

पाचौं ब्राइट फ्युचर एसइई कप फुटसल प्रतियोगिता सुरु

आज २५७०औं बुद्ध जयन्ती, चन्द्रागिरिमा विशेष कार्यक्रम