भिटामिन बी-१२ को कमीले जन्मिन सक्छ नकारात्मक विचार

काठमाडौं । शरीरलाई स्वस्थ राख्नका लागि प्रोटिन, भिटामिन र मिनरल्सजस्ता पोषक तत्वहरू अपरिहार्य हुन्छन्। यीमध्ये भिटामिन बी१२ को भूमिका अझ महत्त्वपूर्ण मानिन्छ। यसले शरीरमा रक्तकोष र डीएनए उत्पादनदेखि छाला, हड्डी र स्नायु प्रणालीलाई बलियो राख्नसमेत मद्दत गर्छ। केही अनुसन्धान रिपोर्टहरूका अनुसार, भिटामिन बी१२ ले मस्तिष्कमा विभिन्न रसायनहरू उत्पादन गर्न प्रमुख भूमिका खेल्छ। यसको कमीले स्मरणशक्तिमा […]
नवौं वार्षिक साधारणसभाको अवसरमा “पुण्योदय सहकारी”का अध्यक्ष सानुकाजी खड्गीसँग गरिएको कुराकानी

पुण्योदय बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा असोज ३ गते हुँदैछ । चन्द्रागिरि नगरपालिकाभित्रका केहि विश्वसनीय सहकारी मध्ये पुण्योदयको नाम अग्रपंक्तिमा आउँछ । पुण्योदय सहकारी संस्थाका शेयरधनी, बचतकर्ता सदस्य तथा ऋण कारोबारमा संलग्न व्यक्तिहरूको अनुभव, प्रत्यक्ष निगरानी र सहभागिताका आधारबाट उक्त संस्थाको संचालक समिति, व्यवस्थापन समिति तथा विभिन्न विषयगत उप-समितिहरूको कार्य सम्पादन पारदर्शी, मितव्ययी […]
सडक डिभिजनले बिदा गर्यो पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारी

काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने भएको छ । डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार आज (असोज १ गते)बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्यकोषमा बचत हुन्छ । सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम […]
घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक सवारीसाधनलाई रुट परमिट खुला

काठमाडौं । काठमाडौं । घटस्थापनादेखि सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागले असोज ६ देखि २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर रुट परमिट खुला गर्न लागेको हो । चाडपर्वलाई लक्षित गरी यातायात व्यवस्थापनमा सहजता ल्याउन सार्वजनिक यातायात सेवा प्रदायकले मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङको […]
देशभर सार्वजनिक बिदा, राष्ट्रिय झण्डा झुकाइने

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । भदौ २३ र २४ गते भएको आन्दोलनमा कम्तिमा ७२ जना युवाको निधन भएको थियो । भदौ ३० गते बसेको अन्तरिम सरकार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । आज […]
आज बिश्वकर्मा पुजा, को हुन् विश्वकर्मा बाबा ?

काठमाडौं । आज विश्वकर्मा पुजा – “विश्वलाई कर्म गर्न सिकाउने आदि पुरुष नै विश्वकर्मा हुन्” काठमाडौं । आज विश्वकर्मा पूजाको दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रलाई पुजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ । असोज १ गतेलाई भगवान विश्वकर्माको जन्मदिन पनि मानिन्छ त्यसैले आज उनको पूजा गरिन्छ आजको दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन […]
२०८२ सालको बडादसैंको शुभ साइतहरू, टीका ११ बजेर ५३ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंसँग सम्बन्धित साइतहरू बारे जानकारी दिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको विजयादशमीका शुभसाइतहरू सम्बन्धी दिएको जानकारी अनुसार यसपालिको नवरात्रारम्भ, घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा रहेको जनाएको छ । त्यस्तै, असोज ७ गते मङ्गलबार झण्डा फेर्ने, बिहान […]