विज्ञापन
No data was found

'२०८२ सालको बडादसैंको शुभ साइतहरू, टीका ११ बजेर ५३ मिनेटमा'

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको बडादशैंसँग सम्बन्धित साइतहरू बारे जानकारी दिएको छ ।

विज्ञापन

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८२ सालको विजयादशमीका शुभसाइतहरू सम्बन्धी दिएको जानकारी अनुसार यसपालिको नवरात्रारम्भ, घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटमा रहेको जनाएको छ ।

विज्ञापन

त्यस्तै, असोज ७ गते मङ्गलबार झण्डा फेर्ने, बिहान ९ बजेर ५३ मिनेटमा (पूर्व मोहडा), असोज ११  गते शनिबार श्रीपचलीभैरव यात्रा, असोज १३ गते सोमबार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा स्थिरासन बिहान ९ बजेर २३ मिनेटमा रहेको जनाएको छ ।

त्यस्तै असोज १४ गते मङ्गलबार महाष्टमी, कालरात्रि, असोज १५ गते बुधबार- महानवमी, असोज १६ गते बिहीबार- विजया दशमी, देवी विसर्जन, बिहान ९ बजेर २३ मिनेटमा
साथै यसवर्षको टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) तथा श्री तुलजाभवानी यात्राको साइत दिउँसो १२ बजेर १९ मिनेटमा रहेको जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌