अन्योलको अवस्था

– सुजित महत हिजोआज भेटिने/सुनिने सबैजसो अन्योलमै सुनिन्छन्। समयमै चुनाव भयो भने त राजनीति सही कोर्समै जाला, चुनावै भएन भने त के होला भन्ने प्रश्न प्रधानमन्त्री भइसकेका व्यक्तिहरूमा समेत सुनिन्छ– देशलाई अफगानिस्तानै बनाउने विदेशी डिजाइन त छैन भन्ने आशंकासमेत छ। चुनाव होला/नहोला, संविधान संशोधन वा खारेजीसम्मै होला/नहोला, राजा आउलान्/नआउलान् यकिन भन्नसक्ने अवस्थामा देखिन्नन्– सबै अनुमानमै […]
पत्रकार आचारसंहिताको कडाइका लागि प्रेस काउन्सिलको पाँच बुँदे निर्णय

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता अनुगमनलाई कडा गर्ने भएको छ । बैठकले कतिपय मिडियाबाट भ्रामक सूचनाहरु सम्प्रेषण भइरहेको गुनासोको आधारमा अनुगमनलाई कडाई गर्न लागेको हो । आचारसंहिताको अनुगमनलाई थप चुस्त, दुरुस्त बनाउन तीन जना ‘फोकल पर्सन’ तोकेको छ ( जसमा नकुल अर्याल (टेलिभिजन तथा एफएम रेडियोका लागिं), पदमराज जोशी (छापा माध्यमका लागि (शन्तराम […]
शितलनिवासमा सर्वदलीय बैठक सुरु : दोस्रो तहका नेता उपस्थित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेकाे सर्वदलीय बैठक शितल निवासमा शुरु भएको छ । सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल हुने जनाइएकाे छ । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका दोस्रो चरणमा नेताहरू सहभागी छन् । नेपाली काँग्रेसबाट […]
एटीएमबाट प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने

काठमाडौं । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको छ । हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र […]
काठमाडौँ शिक्षा क्याम्पसको ५ औँ क्याम्पस सभा सम्पन्न, दिगो विकास र नवप्रवर्तनका योजना प्रस्तुत

काठमाडौँ, असोज २४ गते – चन्द्रागिरि नगरपालिकामा अवस्थित काठमाडौँ शिक्षा क्याम्पसको सर्वोच्च निकाय क्याम्पस सभा को ५ औं क्याम्पस सभा विभिन्न १३ वटा दीर्घकालीन महत्वका प्रस्तावहरु पारित गरी सम्पन्न भएको छ । क्याम्पसको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता सभाका अध्यक्ष प्रा.डा. माधव भट्टराईले गर्नु भएको थियो भने सभाको उद्घाटन चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख […]
तिहारमा काठमाडौं महानगरभित्र विदेशी फूल बिक्रीवितरणमा प्रतिबन्ध, ३२ स्थानबाट फूलमाला विक्री गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्रीवितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख, नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई […]
एमालेको युवा संघलाई र्याली र सभा गर्न काठमाडौं प्रशासनको रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका […]
अनलाइन दर्ता गर्न सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकियो

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागका महानिर्देशकलाई स्थानीय अधिकारी तोकेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालय सो निर्णय गरिएको जानकारी दिएको हो । मन्त्रालयद्वारा प्रकाशित सूचनामा भनिएको छ :‘नेपाल सरकारले छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०४८ को दफा २ को खण्ड (त) ले दिएको अधिकार प्रयोग […]
राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसहित सर्वदलीय बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो प्रधानमन्त्री सुशीला कार्की सहितका शीर्ष राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक बोलाएका छन्। चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलबीच औपचारिक संवाद नहुँदो अवस्थामा राष्ट्रपति पौडेलले राजनीतिक सहमति र समन्वयका लागि बैठक आह्वान गरेका हुन्। बैठक आज दिउँसो ४ बजे राष्ट्रपति भवन, शीतल निवासमा बस्ने जनाइएको छ। […]
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । फिलिपिन्सको मिन्दानाओ केन्द्र भएर शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । यो समाचार तयार पार्दासम्म भूकम्पले क्षति पुर्याएको विवरण आइसकेको छैन । यसअघि ३० सेप्टेम्बरमा फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प जाँदा ६९ जनाको मृत्यु भएको […]
टी-२० विश्वकप छनोट : आज जापानसँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल आज आफ्नो दोस्रो खेलमा जापानसँग भिड्दैछ । शुक्रबार दिउँसो सवा ४ बजे सुरु हुने यस खेलले समूह २ को विजेता र उपविजेताको टुंगो लगाउनेछ । दुवै टोलीले यसअघि कुवेतलाई पराजित गर्दै सुपर-सिक्समा स्थान सुरक्षित गरिसकेका छन् । नेपालले बुधबार कुवेतलाई ५८ रनको फराकिलो अन्तरले […]