काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वान गरेकाे सर्वदलीय बैठक शितल निवासमा शुरु भएको छ ।
विज्ञापन
सर्वदलीय बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनबारे छलफल हुने जनाइएकाे छ ।
विज्ञापन
बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत संसद विघटन हुनुअघिको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूका दोस्रो चरणमा नेताहरू सहभागी छन् ।
नेपाली काँग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट नेता नारायणकाजी श्रेष्ठ र वर्षमान पुन लगायतका नेताहरू उपस्थित छन् ।