काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो प्रधानमन्त्री सुशीला कार्की सहितका शीर्ष राजनीतिक दलका नेताहरूसँग सर्वदलीय बैठक बोलाएका छन्।
विज्ञापन
चुनावको कार्यतालिका सार्वजनिक भइसकेको तर सरकार र राजनीतिक दलबीच औपचारिक संवाद नहुँदो अवस्थामा राष्ट्रपति पौडेलले राजनीतिक सहमति र समन्वयका लागि बैठक आह्वान गरेका हुन्। बैठक आज दिउँसो ४ बजे राष्ट्रपति भवन, शीतल निवासमा बस्ने जनाइएको छ।
विज्ञापन
राष्ट्रपतिद्वारा बोलाइएको आजको बैठकलाई आगामी निर्वाचनको तयारी, राजनीतिक सहकार्य र राष्ट्रिय सहमतिको प्रयत्नको रूपमा हेरिएको छ।