विज्ञापन
No data was found

'एटीएमबाट प्रति कारोबार २० हजार, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइने'

काठमाडौं । केन्द्रीय बैंकले डेबिट कार्डबाट गरिने कारोबार सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको छ ।

विज्ञापन

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट प्रति कारोबार २५ हजार रुपैयाँ झिक्न सकिन्छ । त्यसैगरी दैनिक एक लाख र मासिक ४ लाखको सीमा तोकिएको छ । शुक्रबारको निर्देशनपछि अब प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ, दैनिक ५० हजार र मासिक ३ लाख रुपैयाँ मात्रै झिक्न पाइनेछ ।

विज्ञापन

केन्द्रीय बैंकले बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाखको सीमा यथावत राखेको छ ।

त्यसैगरी क्रेडिट कार्डको सीमा पनि परिवर्तन नभएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा समेत यथावत राखेको केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत