होटल-रेस्टुरेन्टले एमआरपी भन्दा बढीमा पानी बेचे कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल तथा रेस्टुरेन्टहरुलाई तोकिएको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिएर पिउने पानी बिक्री नगर्न कडा निर्देशन दिएको छ । पछिल्लो समय होटल तथा रेस्टुरेन्टहरुले सिलबन्दी गरिएको प्रशोधित पिउने पानी (मिनरल वाटर) मा उपभोक्तासँग मनपरी मूल्य लिने गरेको व्यापक गुनासो आएपछि विभागले सोमबार विज्ञप्ति जारी […]

दीपेन्द्र चम्किँदा मध्यम लक्ष्य दिएको सुदूरको जित

काठमाडौंँ । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ । सोमबार उसले कर्णाली याक्समाथि  ४५ रनको जित निकोको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली आज ४ बल बाँकी छँदै ९४ रन बनाएर अलआउट भयो । आजको खेलमा दीपेन्द्र सिंह ऐरी नायक बने । पूरा ओभर बलिङ गरेका अलराउनडर ऐरीले आज चार […]

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं ।  स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो। स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा […]

सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले बताए। प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन। परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, […]

रास्वपा काठमाडौं सभापति विष्टले फिर्ता लिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले राजीनामा फिर्ता लिएका छन् । रास्वपा प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार विष्टले आज सोमबार राजीनामा फिर्ता लिएका हुन् । झाका अनुसार विष्टले मंसिर ८ मा राजीनामा दिएका थिए । ‘राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले पदबाट दिनुभएको राजीनामा आज मिति २०८२ मंसिर ८ गते […]

सभापतिको हस्ताक्षरमा कांग्रेस निर्वाचनमा जाँदैन, विशेष महाधिवेशन हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा पार्टी निर्वाचनमा नजाने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत अब पार्टीमा विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने भएकाले नयाँ सभापतिको हस्ताक्षर जाने बताए। उनले नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्ने बताए। थापाले कसैलाई अलमल नपर्न आग्रह गर्दै अब विशेष महाधिवेशनको विकल्प नभएको […]