काठमाडौं । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजविरुद्ध आरोपपत्र दायर भएको छ।
विज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो।
विज्ञापन
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत राधा कृष्ण श्रेष्ठ, तत्कालीन फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, तत्कालीन रेफ्रिजेरेटर टेक्निशियन रवीकुमार महतो र तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई जनही ३१ लाख १७ हजार ८९ रुपैयाँ बिगो माग गरिएको छ।