श्री विन्ध्यवासिनी आध्यात्मिक संघको २१ औं साधारण सभा मंसिर २७ गते हुने

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका वडा नं १० मा रहेको श्री विन्ध्यवासिनी (जगदाचार्य पीठ) को सातौं अधिवेशन तथा २१ औं वार्षिक साधारण सभा हुने भएको छ । विख्यात आध्यात्मिक गुरु जगताचार्य जगत गुरु “नेपाली बाबा” ले स्थापना गरेको श्री विन्ध्यवासिनी आध्यात्मिक संघ र त्यहाँ रहेको विन्ध्यवासिनी मन्दिर चन्द्रागिरि नगरपाकिका मै धार्मिक एवम् आध्यात्मिक दृष्टिले प्रसिद्ध र […]
एक लाख घुस लिएको आरोपमा कार्यालय सहयोगीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । एक लाख घुस लिएको आरोपमा नापी कार्यालय पर्साका कार्यालय सहयोगीसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो। छूट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग घुस लिएको देखिएकाले भ्रष्टाचार मुद्दा […]
काठमाडौं ९ बाट ६ जनाको नाम सिफारिस

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ ले प्रत्यक्षतर्फ ६ जना र समानुपातितर्फ ७ जनाको नाम सिफारिस गरेकाे छ । क्षेत्रीय समितिले फागुनमा हुने निर्वाचन अन्र्तगत प्रत्यक्षतर्फ क्षेत्रीय सभापति जयकृष्ण महर्जनसहित रस्मिला मल्ल, धर्मराज गौतम, नानु बास्तोला, श्यामकृष्ण खड्का र राजन खत्रीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको […]
यस्तो बन्याे कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी छन् । नवनियुक्त चारै जना मन्त्रीहरुले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगाएतको उपस्थीति रहेको थियो । प्रधानमन्त्री […]
गोंगबुबाट हराएको गाडी चन्द्रगिरिस्थित गुर्जुधाराको सिसि टिभीमा देखियो

चन्द्रागिरि । काठमाडौं महानगरपालिका वडा नं २६ पवित्रनगर गेट अगाडि पार्किङ गरेको अवस्थामा हराएको गाडी चन्द्रागिरि नगरपालिकास्थित गुर्जुधारा चोकको सिसि टिभीमा देखिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला, हेटौंडा उप-महानगरपालिका वडा नं १७ को सन्तोष थापा मगरको बंगुर फर्मको ना ३ च ७१७५ नम्बरको सेतो रंगको महिन्द्र गाडी मंसिर २४ गते साँझ ६:३० बजेदेखि ७ […]