विज्ञापन
No data was found

'एक लाख घुस लिएको आरोपमा कार्यालय सहयोगीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा'

काठमाडाैं । एक लाख घुस लिएको आरोपमा नापी कार्यालय पर्साका कार्यालय सहयोगीसहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

विज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार नापी कार्यालय पर्साका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दर्ता गरेको हो। छूट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग घुस लिएको देखिएकाले भ्रष्टाचार मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्।

विज्ञापन

अख्तियारको टोलीले मंसिर २ गते उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

दुवै जनाले वीरगन्ज महानगरपालिका-२५ स्थित जग्गा छुट दर्ता गर्न सहजिकरण गर्न घुस लिएको पाइएको अख्तियारको दाबी छ।
उनीहरू दायर गरेको अभियोगपत्रमा एक लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌