विज्ञापन

'गोंगबुबाट हराएको गाडी चन्द्रगिरिस्थित गुर्जुधाराको सिसि टिभीमा देखियो'

विज्ञापन

चन्द्रागिरि । काठमाडौं महानगरपालिका वडा नं २६ पवित्रनगर गेट अगाडि पार्किङ गरेको अवस्थामा हराएको गाडी चन्द्रागिरि नगरपालिकास्थित गुर्जुधारा चोकको सिसि टिभीमा देखिएको प्रहरीले जनाएको छ ।

विज्ञापन

मकवानपुर जिल्ला, हेटौंडा उप-महानगरपालिका वडा नं १७ को सन्तोष थापा मगरको बंगुर फर्मको ना ३ च ७१७५ नम्बरको सेतो रंगको महिन्द्र गाडी मंसिर २४ गते साँझ ६:३० बजेदेखि ७ बजेसम्मको समयमा सामान अनलोड गरि पार्किङ गरि राखेको अवस्थामा गोंगबुबाट हराएको र खोजतलास गर्ने क्रममा गुर्जुधाराको सिसि टिभीमा देखिएको बताइएको छ ।

विज्ञापन

सवारी धनी सन्तोष थापा मगरका अनुसार हराएको गाडी गुर्जुधारास्थित सिसि टिभीमा देखिएको भएपनि निर्माणाधीन नागढुङ्गा सुरुङ्ग मार्गको फ्लाई ओभर सडक क्षेत्रबाट पार भएको नदेखिएकोले उक्त गाडी चन्द्रागिरिको कुनै अर्कै नाकाबाट लगिएको वा सोही क्षेत्र वरपर हुनसक्ने भन्दै प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

बागमती प्रदेशको विशेष प्राथमिकतामा चन्द्रागिरि, मातातीर्थको आयुर्वेदिक अस्पताल जिल्लास्तरीय बन्ने

थानकोट प्राथमिक अस्पतालको मातृत्व वार्ड अनुगमन, सेवा प्रभावकारितामा जोड

सहकारी बेथितिमाथि सरकारको कडा कदम, सुधारका लागि आयोगको प्रतिवेदन सार्वजनिक

मकवानपुरमा चोरीका सामानसहित दुई पक्राउ, सुनका गरगहना र नगद बरामद

किसिपिडीमा वृहत् सरसफाइ कार्यक्रम सुरु, वडा अध्यक्ष महर्जनद्वारा उद्घाटन

चितवनमा क्यान्सर औषधिको कच्चा पदार्थ उत्पादन सुरु, स्वदेशी औषधि उद्योगलाई नयाँ आधार

मातृभाषा संरक्षणमा स्थानीय तहको दायित्वबारे चन्द्रागिरिमा बहस, विद्यालय तहबाटै बहुभाषिक शिक्षामा जोड

मापदण्ड नपुगेको ‘तेज’ तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश