एउटी किशोरीको मुक्ति, न्याय र समान्ता प्राप्तिको संघर्षको कथा

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी रुपा महर्जन, श्रेष्ठ, नेपाली राजनीतिको कठिन संघर्षबाट स्थापित भएकी युवा नेतृ हुन् । १३, १४ वर्षको सपना देख्ने कलिलो उमेरमैं मुक्ति संघर्षको आन्दोलनमा होमिएकी रुपा महर्जन ५० को दशकको सामाजिक राजनीतिक रुपान्तरण तथा व्यवस्था परिवर्तन र […]
बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा

काठमाडाैं । रास्वपाका वरिष्ठ नेता बालेन शाहकी पत्नी सबिना काफ्ले झापा-५ मा घरदैलो शुरु गरेकी छिन् । सबिनाले चुनावी प्रचारमा सक्रिय हुँदै झापा- ५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् । उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न शुरु गरेकी छन् । बालेन सुदूरपश्चिम तर्फ जाने भएपछि झापा-५ मा सबिनाले चुनावी अभियानलाई […]
काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश

काठमाडौं । देशभर निर्वाचनको माहोल तातिरहेको बेला काठमाडौं क्षेत्र नं ७ का पुराना कम्युनिष्ट नेता , समाजसेवी तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्। नेकपा (एमाले) मा प्रवेशका लागि काठमाडौं जिल्ला कमिटी सदस्य एवम् प्रदेश सभा समन्वय कमिटी निर्वाचन क्षेत्र नम्बर १० ‘ख’ […]
नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १० को निर्वाचन परिचालन कमिटी भोलि घोषणा गरिने

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १० को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत उम्मेदवारी दिएकी नेपाली कम्युनिस्ट पार्टीकी रुपा महर्जन, श्रेष्ठको उम्मेदवारी सम्बन्धि प्रचारप्रसार एवं कार्यक्रमिक योजना तर्जुमा गर्न र जनस्तरमा घरदैलो लगायत चुनावी गतिविधि सञ्चालन गर्न निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार […]
थानकोटका भीमनारायण श्रेष्ठ साइबर अपराधीको फन्दामा, हेर्दा हेर्दै २ लाख रुपैयाँ गायब

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाको वडा नं ४ थानकोटका भीमनारायण श्रेष्ठ साइबर अपराधको जालोमा परेका छन् । माघ ११ गते दिउँसो साढे ११ बजेतिर अपरिचित नम्बर ९८२६३७४८६२ बाट बैंकको के.वाई.सी. अपडेट र मोबाइल बैंकिङ नवीकरण अनलाइन बेशमा अपडेट गर्नुपर्ने भन्दै आफुलाई फोन आएको साथै, व्हाट्सअपमा फोन गर्छु उठाउनु भनेर फेस आईडी लिएको त्यसपछि फोन गरेर “मोबाइल […]
तोकियो २३ हजार ११२ मतदान केन्द्र, एक केन्द्रमा ९ जनासम्म कर्मचारी खटाइने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जनासम्म कर्मचारी खटाउने गरी तयारी थालेको हो । अहिले देशभर कुल २३ हजार ११२ मतदान केन्द्र तय गरिएका छन् । यी सबै केन्द्रमा कर्मचारी खटाउँदा करिब […]
प्रचण्डकाे अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ : झलनाथ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वरिष्ठ नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन् । सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् । खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय […]