काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं १० को निर्वाचन परिचालन समिति भोलि घोषणा गरिने भएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत उम्मेदवारी दिएकी नेपाली कम्युनिस्ट पार्टीकी रुपा महर्जन, श्रेष्ठको उम्मेदवारी सम्बन्धि प्रचारप्रसार एवं कार्यक्रमिक योजना तर्जुमा गर्न र जनस्तरमा घरदैलो लगायत चुनावी गतिविधि सञ्चालन गर्न निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम गरिन लागेको हो ।
नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समिति माघ १३ गते मंगलबार कीर्तिपुरस्थित कृष्ण क्याटरिङ, पाँगा दोबाटोमा बिहान ७:३० बजे घोषणा गरिने नेपाली कम्युनिस्ट पार्टी चन्द्रागिरि नगर कमिटीले जानकारी दिएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा कीर्तिपुर नगरपालिकाको सबै १० ओटा वडा, दक्षिणकाली नगरपालिकाको सबै ९ ओटा वडा र चन्द्रागिरि नगरपालिकाको १५ मध्ये १० ओटा वडा गरि २९ ओटा वडाहरू रहेका छन् ।