विज्ञापन
No data was found

'एउटी किशोरीको मुक्ति, न्याय र समान्ता प्राप्तिको संघर्षको कथा'

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेकी रुपा महर्जन, श्रेष्ठ, नेपाली राजनीतिको कठिन संघर्षबाट स्थापित भएकी युवा नेतृ हुन् ।

विज्ञापन

१३, १४ वर्षको सपना देख्ने कलिलो उमेरमैं मुक्ति संघर्षको आन्दोलनमा होमिएकी रुपा महर्जन ५० को दशकको सामाजिक राजनीतिक रुपान्तरण तथा व्यवस्था परिवर्तन र नयाँ संविधान निर्माणको उद्देश्यले थालिएको सशस्त्र, “जनयुद्ध” मा हजारौं नेपाली युवाहरूको पंक्तिमा सहभागी भएकी पात्र हुन् ।

विज्ञापन

१० वर्षीय सशस्त्र युद्ध र ०६२-६३ सालको जन-आन्दोलनमा समेत अग्र दस्तामा उभिएर योगदान दिएकी रुपा महर्जन, परिवर्तनको पक्षमा भएका हरेक राजनीतिक आन्दोलनका विभिन्न मोर्चामा रहेर संगठन निर्माण तथा सामाजिक गतिविधिहरूमा सकृयतापूर्वक लागिरहेकी इतिहास बोकेकी नेतृ हुन् ।

 

१० वर्षीय सशस्त्र युद्ध र ०६२-६३ सालको जन-आन्दोलनमा समेत अग्र दस्तामा उभिएर योगदान दिएकी रुपा महर्जन, परिवर्तनको पक्षमा भएका हरेक राजनीतिक आन्दोलनका विभिन्न मोर्चामा रहेर संगठन निर्माण तथा सामाजिक गतिविधिहरूमा सकृयतापूर्वक लागिरहेकी इतिहास बोकेकी नेतृ हुन् ।

 

सशस्त्र युद्धकालिन भूमिगत पार्टी जीवनमा “रेडियो जनगणतन्त्रको नेवा:,नेपालभाषाको समाचार वाचिकाको ( सम्भवत: पहिलो नेवा: भाषा वाचिका ) को भूमिका निर्वाह गरेकी, साथै, विभिन्न सञ्चार क्षेत्रमा आवद्ध भएर कार्य गर्दै सञ्चारकर्ममा समेत अनुभव र योगदान गरेकी व्यक्ति हुन् रुपा महर्जन ।

इतिहास, संस्कृति र सभ्यताको त्रिवेणी थलो कीर्तिपुर, पाँगामा जन्मेर प्राचीन मानव उद्भवस्थल चन्द्रागिरिको सतुंगलमा वैवाहिक सम्बन्ध गाँसेकी रुपा महर्जनले सशस्त्र संघर्षको दौरानमा आफ्ना जीवनसाथी सुचिन्द्र श्रेष्ठलाई गुमाईन् । ( सुचिन्द्र श्रेष्ठ सशस्त्र जनयुद्धका क्रममा बेपत्ता पारिएका एक जुझारु परिवर्तनकामी युवा थिए जसको भौतिक अवस्थाकाबारे अहिलेसम्म राज्यले कुनै उत्तर दिन सकेको छैन ।) एकातिर स-साना सन्तानहरूलाई हुर्काउने, पढाउने आमाको भूमिका, अर्कोतिर युगौंदेखि असमान्ता र विभेदको दुष्चक्रमा फस्दै आएको देशको मुहार फेर्ने राजनीतिक प्रतिबद्धतामा निरन्तर लागिरहेकी विचारका एक अविचलित प्रतिबिम्ब हुन् रुपा महर्जन ।

 

इतिहास, संस्कृति र सभ्यताको त्रिवेणी थलो कीर्तिपुर, पाँगामा जन्मेर प्राचीन मानव उद्भवस्थल चन्द्रागिरिको सतुंगलमा वैवाहिक सम्बन्ध गाँसेकी रुपा महर्जनले सशस्त्र संघर्षको दौरानमा आफ्ना जीवनसाथी सुचिन्द्र श्रेष्ठलाई गुमाईन् ।

 

लामो राजनीतिक संघर्षबाट प्राप्त अहिलेको यो राष्ट्रको समानुपातिक, समाबेशी, धर्म निरपेक्ष, समाजवाद उन्मुख संविधानको निर्माण प्रक्रिया अन्तर्गत २०७० सालको संविधान सभाको सदस्य समेत रहेर मुलुकको निति निर्माणमा समेत प्रभावकारी भूमिका निर्वाह गरेकी रुपा महर्जन पुनः एकपटक राष्ट्रियता, जनजीविका र २१ औं शताब्दीको मानव चेतनाको प्रतिनिधित्व गर्दै “म सक्छु, म गर्छु” भन्ने भावनाका साथ काठमाडौं निर्वाचन क्षेत्र नं १० बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छिन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

रास्वपा काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार डीपीकाे चुनावी वाचापत्र सार्वजनिक

रवि लामिछानेको मुद्दा तत्काल फिर्ता नगर्ने कास्की अदालतको आदेश

रास्वपा झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमालेमा प्रवेश

नेवाः देय् दबू जामाच्व नगर समितिको शुभकामना तथा वडा समिति विस्तार कार्यक्रम सम्पन्न

नवीन दृष्टिकोण तथा नीतिगत स्पष्टताको खोजी गर्दै राजनीतिमा एउटा युवा : को हुन् प्रशान्त उप्रेती ?

मतदान केन्द्र र सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीको दैनिक भत्ता २५ सय सम्म

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

चन्द्रागिरि साहित्य समाजद्वारा पाँच स्रष्टा सम्मानित, कविता प्रतियोगिताका पाँच विद्यार्थी पुरस्कृत