६ वेबसाइट बन्द गराउन आयोगले प्राधिकरणलाई पठायो पत्र

काठमाडौँ । एक्जिट पोल गराउने वेबसाइटहरु बन्द गर्न निर्वाचन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ । आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्न पत्र पठाइएको हो । बन्द गर्न पत्र पठाएका वेबसाइटहरु रेट माइ नेता (ratemyneta.com), एक्जिट पोल नेपाल (exitpollnepal.com), नेपाल पोल (Neppoll.com) एचओआर २०२६ […]
उदयपुर सिमेन्टका तत्कालीन महाप्रबन्धक पौडेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा सिमेन्ट उत्पादनका क्रममा प्रयोग हुने कच्चा पदार्थ ‘क्लिङ्कर’ मा करोडौँ भ्रष्टाचार अभियोगमा तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियारका अनुसार आर्थिक वर्ष २०७४/०७५ देखि २०७७ पुस मसान्तसम्मको अवधिमा कागजी रेकर्डमा देखाइएको भन्दा भौतिक परीक्षण गर्दा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर कम […]
साधारण तर प्रभावकारी चरित्र बोकेका सरल उम्मेदवार : को हुन् हिमाल कार्की ?

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका हिमाल कार्की साधारण तर प्रभावकारी चरित्र बोकेका सरल नेता हुन् । २०२७ साल वैशाख ४ गते कीर्तिपुर हालको वडा नं ५ कोन्याचौरमा जन्मिएका हिमाल कार्की नेपाली काङ्ग्रेस पार्टीभित्र निरन्तर कृयाशील अविचलित एक प्रजातान्त्रिक पदमार्गीका रूपमा परिचित […]
पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सिटौलाको निधन भएको अस्पतालले जानकारी दिएको हो । चिकित्सकले आज १२ः४५ बजे उनलाई मृत घोषणा गरे । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी क्याम्पेका लागि अछाममा गएका बेला […]
चन्द्रागिरिमा प्रथम नाय्: खिं बाजा प्रदर्शन कार्यक्रम सम्पन्न

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा नं १० मा नगरस्तरिय नाय्: खिं बाजा प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रम सम्पन्न गरिएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नं १० तथा ह्वाइट क्रियसन ग्रुपको आयोजनामा बोसिगाउँमा सम्पन्न नेवार समुदायको मौलिक बाजा नाय्: खिं बाजाको प्रदर्शन तथा प्रवर्द्धन कार्यक्रमको उट्घाटन चन्द्रागिरिका मेयर घनश्याम गिरीले गरेका थिए । कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा […]