प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका हिमाल कार्की साधारण तर प्रभावकारी चरित्र बोकेका सरल नेता हुन् ।
२०२७ साल वैशाख ४ गते कीर्तिपुर हालको वडा नं ५ कोन्याचौरमा जन्मिएका हिमाल कार्की नेपाली काङ्ग्रेस पार्टीभित्र निरन्तर कृयाशील अविचलित एक प्रजातान्त्रिक पदमार्गीका रूपमा परिचित छन् ।
व्यवस्थापन विषयमा २०५० सालमा स्नातक गरेका कार्की तात्कालिन कीर्तिपुरको समाज र समाजभित्र रहेको साँस्कृतिक परम्परामा अन्तर्घुलित हुँदै सुधार, परिवर्तन, विकास तथा स्थानीय क्षेत्रको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर कार्य गर्दै आएका सामाजिक अगुवा समेत हुन् ।
सामाजिक जीवनप्रतिको झुकाव र केहि गर्ने हुटहुटी बोकेर राजनीतिमा प्रवेश गरेका कार्की हाल नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्य हुनुका साथै २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिका वडा नं. १२ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् ।
सामाजिक जीवनप्रतिको झुकाव र केहि गर्ने हुटहुटी बोकेर राजनीतिमा प्रवेश गरेका कार्की हाल नेपाली काँग्रेस काठमाडौं जिल्ला सदस्य हुनुका साथै २०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिका वडा नं. १२ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । साथै, बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्ष, अन्ध- अपाङ्ग प्राविधिक तथा सिप विकास केन्द्रको महासचिव एवम् जाखा सहकारीको ऋण समितिको संयोजक लगायत विभिन्न भूमिकामा रहेर योगदान दिएका व्यक्ति हुन् ।
प्रजातान्त्रिक समाजवादको उदार लोकतान्त्रिक संस्कारमा हुर्केका कार्की युवाकालदेखि नै समाज रुपान्तरण र परिवर्तनको पक्षमा दृढतापूर्वक लागेका व्यक्ति हुनुका साथै नेपाली काङ्ग्रेसको एक ईमानदार कार्यकर्ता र नेता दुवै हुन् ।
प्रजातान्त्रिक समाजवादको उदार लोकतान्त्रिक संस्कारमा हुर्केका कार्की युवाकालदेखि नै समाज रुपान्तरण र परिवर्तनको पक्षमा दृढतापूर्वक लागेका व्यक्ति हुनुका साथै नेपाली काङ्ग्रेसको एक ईमानदार कार्यकर्ता र नेता दुवै हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नं १० मा निरन्तर नेपाली काङ्ग्रेसबाट राजन केसीले जित्दै आएको सन्दर्भमा केसीकै विरासतको प्रतिनिधित्व गर्दै समग्र निर्वाचन क्षेत्र नं १० को अधुरा विकासका काम पूर्ण गर्ने तथा नयाँ पुस्ताको मनोविज्ञान र प्राथमिकतालाई समेत केन्द्रमा राखेर नीति निर्माण गर्ने प्रतिबद्धताका साथ उम्मेदवार बनेका हिमाल कार्की तुलनात्मक रूपमा सरल र सामान्य जीवनशैली रुचाउने नेता हुन् ।
कीर्तिपुरमा जन्मेर, स्थानीय काँठे समाजको चेतनाको अन्तरतह र ऐतिहासिक, साँस्कृतिक मूल्यबोधबाट प्रेरित कार्की काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गतका चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुरको समाज बुझेको एउटा व्यक्ति र राजनीतिक, वैचारिक स्पष्टता भएका नेता मानिन्छन् ।