काठमाडौँ । पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ ।
विज्ञापन
ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको सिटौलाको निधन भएको अस्पतालले जानकारी दिएको हो ।
विज्ञापन
चिकित्सकले आज १२ः४५ बजे उनलाई मृत घोषणा गरे ।
उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए । रास्वपाका वरिष्ठ नेता बालेन शाहको चुनावी क्याम्पेका लागि अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि उनलाई शुक्रवार काठमाडौँ ल्याइएको थियो ।