चन्द्रागिरि नगरमा किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौँ । आजदेखि चन्द्रागिरिमा कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप  लगाउन थालिएको छ । नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत  शुम्भुकुमार महतोले कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई खोप  लगाउन थालिएको जानकारी दिए । पाठेघरको मुखको क्यान्सरको जोखिम […]

फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । देशभरका छ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख छ । स्वयंसेवकले आम मतदाताको […]

नेकपाको निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारी मुख्य प्राथमिकता

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित विशेष कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिबद्धता पत्र सार्वजनिक गर्दै बहुलतायुक्त समाजअनुकूल समावेशी लोकतान्त्रिक संरचना निर्माण, सुशासन र आर्थिक मोडलको ‘सिफ्ट’ नै पार्टीको प्रमुख अजेन्डा भएको बताए। उनले संघ, प्रदेश र स्थानीय तहबीचको […]

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

काठमाडौँ । राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ३ गतेभित्र घोषणापत्र बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता […]

हेर्दा सामान्य तर मत परिणाम उल्टाउन सक्ने एक सशक्त पात्र

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका बलराम थापा वैचारिक तथा प्रभावशाली नेताका रूपमा परिचित छन् । सामाजिक गतिविधि, खेलकुद क्षेत्र लगायत विविध बहुआयामिक विधामा योगदान पुर्याएका थापा राजनीतिमा समेत प्रभावशाली र गतिशील पात्र हुन् । २०३२ सालमा दक्षिणकाली -६ मा जन्मिएका थापा एक समाजसेवी र राष्ट्रप्रेमी व्यक्ति हुन् […]

थानकोट, पिम्फली चौरको फुटबल ग्राउन्डमा पार्क निर्माण गर्ने कार्यको स्थानीयद्वारा चासो

काठमाडाैं । थानकोटको पिम्फली चौरमा रहेको फुटबल ग्राउन्डमा पार्क निर्माण गर्ने कार्यको स्थानीयद्वारा चासो व्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिकाको वडा नं ३ मा पर्ने पिम्फली चौरमा हाल पार्क निर्माणको कार्यले तीव्रता पाएको छ । एक वडा एक पार्क अवधारणा अन्तर्गत २५ लाख तथा नेपाल सरकार समानिकरण अनुदान तर्फबाट १५ लाख रुपैयाँ गरि जम्मा ४० […]

देवेन्द्र प्रधानको “यो खुल्ला आकाश” बजारमा

काठमाडौं । देवेन्द्र प्रधानको शब्द रहेको “यो खुल्ला आकाश” नामक म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोको गीतमा दिपक शर्माले संगीत दिएका छन् भने प्रताप दाश र जलजला परियारको सुमधुर स्वर समेटिएको छ । साथै, संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ भने ध्वनि मिश्रण नरेन्द्र वियोगीले गरेका छन् । प्रधानको यो गीतमा वीरेन्द्र […]