विज्ञापन
No data was found

'हेर्दा सामान्य तर मत परिणाम उल्टाउन सक्ने एक सशक्त पात्र'

काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका बलराम थापा वैचारिक तथा प्रभावशाली नेताका रूपमा परिचित छन् ।

विज्ञापन

सामाजिक गतिविधि, खेलकुद क्षेत्र लगायत विविध बहुआयामिक विधामा योगदान पुर्याएका थापा राजनीतिमा समेत प्रभावशाली र गतिशील पात्र हुन् ।

विज्ञापन

२०३२ सालमा दक्षिणकाली -६ मा जन्मिएका थापा एक समाजसेवी र राष्ट्रप्रेमी व्यक्ति हुन् । जसले आफ्नो जीवन समाज सुधार र राष्ट्र विकासका लागि समर्पित गर्दै आएका छन् भने फुटबलमा अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त, सहायक रेफ्री (FIFA) का रुपमा २०१३ देखि २०१६ सम्म सक्रिय रहेका खेल प्रशिक्षक समेत हुन् ।

उनले विगतमा दक्षिणकाली परोपकार युवा क्लबको अध्यक्षको रूपमा भूमिका निर्वाह गर्दै त्यस अवधिमा खेलकुदको संरक्षण तथा युवा पुस्ताका लागि प्रेरणादायी कार्यहरू गर्दै आइरहेका छन् । साथै, थापाले वडा नागरिक मञ्चको प्रमुख संकलक र संयोजकको रुपमा सामाजिक कल्याण एवं समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सदाचार, इमानदारी र परिणाममुखी सोचलाई आधार बनाएर कार्य गर्दै आएको इतिहास छ । त्यस्तै, उनी नेपाल रेडक्रस सोसाइटी फर्पिङको आजिवन सदस्यको रूपमा पनि आवद्ध छन् ।

 

सामाजिक गतिविधि, खेलकुद क्षेत्र लगायत विविध बहुआयामिक विधामा योगदान पुर्याएका थापा राजनीतिमा समेत प्रभावशाली र गतिशील पात्र हुन् ।

 

२०७९ सालमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट थापाले काठमाडौं निर्वाचन क्षेत्र नं १० अन्तर्गत प्रतिनिधि सभा उमेदवार भएर कुल ६ हजार ९ सय ५९ मत ल्याएर चौथो स्थान हासिल गरेका थिए ।

चन्द्रागिरि, दक्षिणकाली र कीर्तिपुरको भूगोल, संस्कृति र यस क्षेत्रको आवश्यकता र प्राथमिकतालाई नजिकबाट बुझेका थापाको प्रमुख चुनावी मुद्दा राष्ट्रको स्थिरता, धार्मिक सद्भाव र ऐतिहासिक परम्परालाई जगेर्ना गर्ने दिशामा केन्द्रित छ ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌