गृह मन्त्रालयद्वारा धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडाैं । गृह मन्त्रालयले गएराती धादिङमा भएको बस दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका-५, भैंसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस गएराती करिब १:३० बजे अनियन्त्रित भई सडकबाट करीब २ सय मिटर तल त्रिशूली नदीको किनारमा खसेकोमा हालसम्म प्राप्त […]

कुराले होइन, कामले चिनिएका एक युवा राजनीतिकर्मी : को हुन् महेश बर्तौला ? मकवानपुर क्षेत्र नं २ का उमेदवार

मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका महेश बर्तौला निवर्तमान संघीय साम्सद, कानुनविद् एवम् विकासप्रेमी युवा राजनीतिकर्मी लगायत बहुआयामिक व्यक्तित्वको रूपमा परिचित छन् । मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मेर निकै संघर्ष भोगेका महेश बर्तौला स्कुल पढ्दादेखि नै राजनीतिमा जुझारू रूपले लागेका थिए । २०५३ सालमा कक्षा सातमा अध्ययनरत रहँदा नै अनेरास्ववियु […]

रास्वपाका मकवानपुर सभापति पराजुलीले दिए राजीनामा, देशैभरि रास्वपाकाे क्रेज घट्दै !

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि रास्वपा छाेड्ने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजकले राजीनामा दिएका हुन्। राजीनामा दिँदै के भन्छन् पराजुली सबैमा […]

स्थानीय तहका पदाधिकारीलाई निर्वाचन प्रचारमा नलाग्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका पदाधिकारीहरूलाई निर्वाचन आचारसंहिता विपरीत कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन कडा निर्देशन दिएको छ। आयोगले २०८२ साल लागू गरिएको निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षलाई पुनः सचेत गराउँदै प्रेस विज्ञप्ति जारी गरेको हो। विज्ञप्तिमा निर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा […]

राप्रपाले भन्योः रास्वपाले घण्टी बजाएर ध्वनि प्रदूषण गर्‍यो, कारबाही होस्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आचारसंहिताको पालना गर्ने, गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रवक्ता मोहन श्रेष्ठले हिजाे विज्ञप्ति जारी गरी घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लङ्घन गरिरहेको जनाएको छ । रौतहटमा सामाजिक एकता र सद्भाव खल्बल्याउने, साम्प्रदायिक वैमनस्यता पैदा गर्नेगरी भएका […]

धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार

काठमाडौं । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा सोमबार बिहान करिब १ः३० बजे बस त्रिशूली नदीमा खसेको हो । ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस सडकबाट सिधै नदीमा खस्दा १७ यात्रुको ज्यान गएको सशस्त्र प्रहरी बलले पुष्टि […]