विज्ञापन
No data was found

'धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु पुष्टि, २८ घाइतेको उद्धार'

काठमाडौं । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसीगौडामा सोमबार बिहान करिब १ः३० बजे बस त्रिशूली नदीमा खसेको हो ।

विज्ञापन

ग १ ख १४२१ नम्बरको माछापुच्छ्रे ट्राभल्सको बस सडकबाट सिधै नदीमा खस्दा १७ यात्रुको ज्यान गएको सशस्त्र प्रहरी बलले पुष्टि गरेको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १७ जनाको शव निकालिएको छ भने दुर्घटनामा २८ जना घाइते भएका छन् ।

विज्ञापन

बसमा चालकसहित ४५ जना सवार रहेको प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४३ जना पोखराबाट र २ जना मुग्लिनबाट चढेका थिए ।

दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

अमेरिका–इरान युद्ध दुई हप्ताको लागि रोकियो, होर्मुज पनि खोल्ने सहमति

चन्द्रागिरिमा धार्मिक अभियन्ता महतमाथि सांघातिक आक्रमण

पेट्रोलियम पदार्थको संकट : घरबाटै काम गर्न सरकारको आह्वान

सर्वोच्च अदालतद्वारा ओली र लेखकलाई हिरासतमुक्त गर्न आदेश

डिएसपी एलिजा गिरीको चन्द्रागिरि कार्यकाल : जटिल परिस्थितिमा उच्च साहस प्रदर्शन

कवि कविता र कफि कार्यक्रम सम्पन्न

नेपालभाषाविद् चित्रकार रहेनन्‌