विज्ञापन
No data was found

'कुराले होइन, कामले चिनिएका एक युवा राजनीतिकर्मी : को हुन् महेश बर्तौला ? मकवानपुर क्षेत्र नं २ का उमेदवार'

मकवानपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका महेश बर्तौला निवर्तमान संघीय साम्सद, कानुनविद् एवम् विकासप्रेमी युवा राजनीतिकर्मी लगायत बहुआयामिक व्यक्तित्वको रूपमा परिचित छन् ।

विज्ञापन

मकवानपुरको दुर्गम गाँउ नामटारमा जन्मेर निकै संघर्ष भोगेका महेश बर्तौला स्कुल पढ्दादेखि नै राजनीतिमा जुझारू रूपले लागेका थिए । २०५३ सालमा कक्षा सातमा अध्ययनरत रहँदा नै अनेरास्ववियु अध्यक्षको जिम्मेवारीसहित संगठित भएका एक अनुसाशित, शालीन, निडर तथा ईमान्दार व्यक्तित्वको रूपमा आफुलाई विकास गरेका महेश, स्कुल पढ्दाकै बेलामा अनेरास्ववियु मकवानपुरको जिल्ला कमिटी सदस्य समेत रहेका थिए ।

विज्ञापन

राजनीति र सामाजिक क्षेत्रमा आफुलाई अब्बल साबित गराउँदै अघि बढेका महेश, ईलाका कमिटी अध्यक्ष, क्षेत्रीय कमिटी अध्यक्ष, क्याम्पस कमिटी अध्यक्ष, जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, सचिव हुदै २०६१ र २०६३ मा दुई कार्यकाल मकवानपुर जिल्ला कमिटी अध्यक्ष समेत बनेका थिए भने ०६२-६३ सालको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्ने क्रममा उनि हेटौडामा दुई पटक सम्म अनिश्चितकालीन नजरबन्दमा परेका थिए । दर्जनौपटक प्रहरीको कस्टडीमा परेर यातना समेत भोगेका उनी संघर्षबाट उठेका नेता हुन् ।

 

विनम्रता, स्पष्ट दृष्टिकोण, राजनैतिक, वैचारिक विषय बुझेको, केन्द्रिय शासन व्यवस्थाको चरित्र तथा संवेदनशीलतालाई समेत नजिकबाट अनुभूत गरेको आधारलाई हेर्दा फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिएका महेश बर्तौलाले निर्णायक नतिजा हासिल गर्ने विश्लेषण गरिएको छ ।

 

त्यस्तै, २०६३ सालमा अनेरास्ववियु नारायणी अञ्चल कमिटी उपाध्यक्ष समेत रहेका उनि २०६४ सालमा नेकपा एमाले मकवानुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी समेत वहन गरेका उनले ८ हजार विद्यार्थी पढ्ने ठूला क्याम्पसहरू मध्येको एक, मकवानपुर बहुमुखी क्याम्पसमा २०६० सालमा स्ववियु सदस्य हुदै २०६२ र २०६५ को स्ववियु निर्वाचनबाट मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडाको दुई कार्यकाल सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । साथै, संगठनमा वरिष्ठताका आधारमा २०६६ सालमा स्ववियु काउन्सिल नेपालको संयोजक समेत रहेका थिए ।

२०६५ सालमा अनेरास्ववियु मध्यमाञ्चल व्युरो प्रमुख तथा केन्द्रिय सचिवालय सदस्य हुँदै २०६७ सालमा पुन: अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य निर्वाचित भएका थिए भने २०७० सालमा अनेरास्ववियु केन्द्रिय सचिवमा लोकप्रिय मतसहित विजयी भएर महासचिवको प्रबल दावेदार हुँदाहुँदै २०७२ सालमा सम्पन्न अनेरास्ववियुको २२औं महाधिवेशनबाट सर्वाधिक मतसहित केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएका उनि विद्यार्थी माझ निकै लोकप्रिय एवम् शालिन नेताका रूपमा परिचित छन् ।

विद्यार्थीकालिन अवस्थामै नाकाबन्दी र संविधान संशोधन विरुद्धको आन्दोलनमा अनेरास्ववियुको तर्फबाट कमाण्डरको भूमिका निर्वाह गरेका बर्तौला राष्ट्रियता, जनजीविका र जनतन्त्रको पक्षमा निरन्तर कृयाशील युवा नेता हुन् ।

 

विद्यार्थीकालिन अवस्थामै नाकाबन्दी र संविधान संशोधन विरुद्धको आन्दोलनमा अनेरास्ववियुको तर्फबाट कमाण्डरको भूमिका निर्वाह गरेका बर्तौला राष्ट्रियता, जनजीविका र जनतन्त्रको पक्षमा निरन्तर कृयाशील युवा नेता हुन् ।

 

राजनीतिक शास्त्र एवं व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले कानुनमा स्नातक समेत गरेका छन् भने पछिल्लो समय उनले आफू साम्सद हुँदा समग्र मकवानपुर जिल्लाको विकासमा बहुआयामिक योगदान दिएको असंख्य उदाहरण रहेको देखिन्छ ।

विनम्रता, स्पष्ट दृष्टिकोण, राजनैतिक, वैचारिक विषय बुझेको, केन्द्रिय शासन व्यवस्थाको चरित्र तथा संवेदनशीलतालाई समेत नजिकबाट अनुभूत गरेको आधारलाई हेर्दा फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिएका महेश बर्तौलाले निर्णायक नतिजा हासिल गर्ने विश्लेषण गरिएको छ ।

मकवानपुर क्षेत्र नं २ मा राजनीतिक दलका १६ र स्वतन्त्र ५ गरि कुल २१ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १ लाख ५६ हजार ८ सय ८८ जना मतदाता रहेका छन् ।

प्रतिक्रया दिनुहोस

थप अन्य समाचारहरू

आजदेखि सरकारी कार्यालय बिहान ९ देखि ५ बजेसम्म खुल्ने

स्वकीय सचिवदेखि सल्लाहकारसम्मको सुविधा खारेज

सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने

चैत २३ गतेबाट शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

एमाले विशेष महाधिवेशनका लागि हस्ताक्षर

डीपी अर्याल सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज

टिकापुर साहित्य महोत्सवमा चन्द्रागिरिकी चेतना शर्माको कविता प्रथम