केपी ओलीसहित उच्च अधिकारीलाई कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा भएको दमनका सम्बन्धमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च पदस्थ अधिकारीहरूमाथि कारबाही सिफारिस गरेको छ । आयोगको छानबिन समितिले शुक्रबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई विस्तृत प्रतिवेदन बुझाउँदै दोषीहरूलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको हो । आयोगकी सदस्य लिली थापाको अध्यक्षतामा गठित छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो […]
नागढुंगा सुरुङमार्ग सञ्चालनको जिम्मा युसिन-एआरटी जेभीले पाउने

काठमाडौं । नागढुंगा नौबिसे सुरुङ मार्गमा सेवा प्रदायक (सर्भिस प्रोभाइडर)को रुपमा चिनियाँ कम्पनी युसिन एआरटी जेभी छनोट हुने भएकाे छ । सर्भिस प्रोभाइडर छनोटका लागि गरिएको ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेका आधारमा युसिन-एआरटी छनोट हुने भएको हो। स्रोतका अनुसार लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम आर्थिक प्रस्ताव पेस गरेका कारण युसिन-एआरटी जेभीले ठेक्का पाउनेछ। […]
सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, स्वीकृत होला त गगनको राजीनामा ?

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि तय गरिएको बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा र आगामी महाधिवेशनको रणनीतिसँगै सभापति गगन थापाको राजीनामाबारे ठोस निर्णय हुने बताइएको छ । पार्टीभित्र थापाको राजीनामालाई लिएर दुई धार देखिएका छन् । पूर्वसभापति शेरबहादुर देउवा पक्षका कतिपय नेताहरूले नैतिकताको […]
“विश्व-ज्योति युवा पाण्डुलिपि पुरस्कार” सुर्खेतका युवा कथाकारलाई

काठमाडौं । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि कृयाशिल संस्था एपेक नेपालले यस वर्षको “विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार” कर्णाली प्रदेश, सुर्खेतकि सर्जक हिमा रोका “प्रतिज्ञा”को लघुकथा पाण्डुलिपिलाई प्रदान गर्ने निर्णय गरेको छ । एपेक नेपालले ४० वर्ष मुनिका युवा सर्जकलाई प्रदान गर्ने गरी स्थापना गरेको यस पुरस्कारमा देश-देशावरबाट प्राप्त लघुकथाको पाण्डुलिपि मध्यबाट छनौट भएको एक […]